
नयाँ विकल्प,
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सांसद झलनाथ खनालले वामपन्थी र समाजवादी शक्तिको एउटै मोर्चा बनाएर निर्वाचनमा जानुपर्ने बताएका छन्।
उनले देशको आवश्यकता वामपन्थी शक्ति एकै ठाउँमा आउनु भएपनि कतिपपय समूह त्यसका निम्ति तयार नभएको बताए। उनले भने, ‘हामी जम्माजम्मी दुई पटक बसेका छौँ। छलफल जारी छ। हामी यो देशका वामपन्थी र समाजवादी पार्टी समूह एकतावद्ध भएर एउटा मोर्चा बनाएर चुनावतिर जाने भन्ने विषयमा सल्लाह गर्दैछौँ। आवश्यकताको दृष्टिले सबै वामपन्थी एक ठाउँमा आउनु अहिलेको आवश्यकता हो। कतिपय समूह तयार छैनन्। तर, चुनावका लागि सम्मानजनक ढंगले सहमति आवश्यक छ।’
उनले तत्कालीन आवश्यकता पाँच दलीय गठबन्धनको भए पनि दीर्घकालीन आवश्यकता भने वाम एकता रहेको बताए। वाम एकताको सम्बन्धमा नेकपा (एमाले) सँग पनि कुराकानी चलेको उनले बताए।नयाँ विकल्प,
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...