
काठमाडाैं । नेपाल ब्राजिल उद्योग वाणिज्य संघको आठौं महाधिवेशनबाट अध्यक्षमा अखिलकुमार चापागाई निर्वाचित भएका छन् । आठौँ महाअधिवेशनले चापागाईको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निविरोध निर्वाचित गरेको हो । उपाध्यक्ष चेङ अग्रवाल र विक्रम राई रहेका छन भने महासचिवमा उमेश रायमाझी, सचिवमा ज्योत्सना श्रेष्ठ र कोषाध्यक्षमा निरज तिमिल्सिना निविरोध निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरूमा जया शिवाकोटी, भरत आचार्य, शिवहरी दंगाल, प्रदीप रुगटा, रोकेशकुमार श्रेष्ठ, लवराम दाहाल र प्रेम पाण्डे निविरोध निर्वाचित भएका छन् । सल्लाहकारमा विजय लामिछाने र अम्बिका शर्मा लामिछाने रहेका छन् । अध्यक्ष चापागाईले दुई देशबीच द्धिपक्षीय व्यापार अभिवृद्धि तथा आर्थिक सम्बन्ध विस्तारका लागि संघले प्रभावकारी भूमिक खेल्दै आएको बताए । संघका अनुसार गत आर्थिक वर्षमा नेपालबाट ४ लाख २७ हजार डलर बराबरकाे बस्तु ब्राजिल निर्यात भएको छ भने ब्राजिलबाट ६ करोड १० लाख डलर बराबरको बस्तु तथा सेवा आयात भएको बताइएको छ । नवनिर्वाचित अध्यक्ष चापागाईले ब्राजिलसँग ठूलो ब्यापार घाटामा रहेका छौं, नेपालबाट ब्राजिलमा निकासीको ठूलो सम्भावना देखेका छौं र आगामी दिनमा निकासी बढाउनेतर्फ हाम्रो कार्यक्रम केन्द्रित रहने विकल्पसँग बताए ।

नेपालबाट हाल हस्तकलाजन्य सामाग्रीसहित कार्पेन्ट, गार्मेन्टजस्ता बस्तु निकासी भइरहेको चेम्बरले जनाएको छ । संघको नेतृत्वमा नेपाली व्यवसायीले दुईपटक ब्राजिलमा व्यवसायिक भ्रमण सम्पन्न गरिसकेका र आगामी दिनमा पनि व्यवसायिक सम्बन्ध विस्तार गर्दै लैजाने हुँदा फेरी पनि दशैं तिहारपछि ब्राजिलमा व्यवसायिक भ्रमण हुने महासचिव उमेश रायमाझीले बिकल्पलाई बताए ।
पूर्ववाणिज्य तथा आपूर्तिमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुनिलबहादुर थापाले आर्थिक विकासमा सशक्तरुपमा अघि बढिरहेको ब्राजिलसँग सम्बन्ध विस्तारले नेपालको आर्थिक विकासमा सहयोग पुग्ने बताए । ब्राजिलबाट कृषि तथा खानिजन्य क्षेत्रमा पूजी र प्रविधि भित्र्याएर नेपालले फाइदा लिन सक्ने उनको भनाइ रहेको छ । ब्राजिलस्थित नेपाली राजदूत निर्मलराज काफ्लेले आफ्नो कार्यकालमा लगानी प्रवद्र्धन तथा नेपाली बस्तुको बजारीकरणमा जोड दिने प्रतिवद्धता व्यक्त गरे । नेपालस्थित ब्राजिल दूतावासका मिनिस्टर कन्सुलर डेपुटी चिफ जोसे मारियो फेरिरी फिल्होले नेपाल – ब्राजिल चेम्बरको स्थापनापछि दुई मुलुकबीचको व्यापारमा उल्लेखनीय वृद्धि भएको भन्दै ब्राजिलको जलविद्युत दक्षतालाई नेपालले पनि उपयोग गर्न सक्ने बताए ।
दुई दिनसम्म काठमाडौं बूढानिलकण्ठ स्थित भिलेज रिसोर्टमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनमा नेपालका उद्योगपती तथा व्यापारीहरुको उल्लेखेनीय उपस्थिति रहेको थियो ।



धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...
काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...