तालमेल गर्दा न्यूनतम साझा धारणा हुनुपर्छ : महामन्त्री थापा – Naya Bikalpa
June 25, 2026, Thursday      Epaper

तालमेल गर्दा न्यूनतम साझा धारणा हुनुपर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पछिको ५ वर्ष अग्निपरीक्षा भएको बताएका छन् ।
कांग्रेस प्रदेशसभा क्षेत्रीय समिति ८ (ख) काठमाडौंको प्रदेश सभा क्षेत्रीय सम्मेलनको शनिवार उदघाटन गर्दै महामन्त्री थापाले आगामी ५ वर्षमा प्रदेश सरकार रहने या नरहने विषयको छिनोफानो हुने बताएका छन् ।
महामन्त्री थापाले संविधानमा उल्लेख भएअनुसार मुलुकका सबै तहका संरचनाका आ -आफ्ना काम र जिम्मेवारी भए पनि प्रदेश तहको सरकारमाथि नागरीक स्तरबाट नै प्रश्न उठ्दै आएको बताएका छन् ।

थापाका अनुसार मुलुकका सबै तहका संरचनाका आधारमा काम र जिम्मेवारी छन्, संघीय सरकारको आफ्नै काम र जिम्मेवारी छ, स्थानीय तहको आफ्नै जिम्मेवारी रहेको छ भने प्रदेश संरचनाका विषयमा नागरिकहरुले प्रश्न उठाउँदै आएका छन्, हामीले प्रदेश किन बनाएका हौ भनेर ५ वर्षसम्म जवाफ फर्काउन सकिराखेका छैनौँ । आगामी मंसिर ४ पछिको चुनावपछि त्यसको औचित्य के हो पुष्टि गर्न सक्नुपर्दछ, हामीले अबको ५ वर्षलाई अग्निपरीक्षाको रुपमा लिएर अगाडि बढ्न आवश्यक छ । प्रदेश सरकार सञ्चालन गर्ने प्रक्रियामा विगतको ५ वर्षको समयमा संघीय सरकार र प्रदेश सरकार आफै पनि चुकेको देखिएको महामन्त्री थापाले बताएका छन् ।

निर्वाचनपछि गठबन्धनको अवस्था कस्तो रहला भन्ने अहिले हामीमा एक किसिमको कौतुहलता रहेको छ ।

निर्वाचनपछि सतरुढ गठबन्धन कायम हुने या नहुने सन्दर्भमा पनि प्रश्न सिर्जना भएको छ । निर्वााचनपछिको स्थायीत्वका लागि गठबधनको जरुरत हुने महामन्त्री थापाले प्रकाश पारेका छन् ।
उनका अनुसार दलबीच चुवाबी गठबन्धन र तालमेलको विषय अहिले आइरहेको छ, एकथरी तालमेल ठीक र अर्को थरीको तालमेल नगरौँ भन्ने मत रहेको छ । उनले भने तालमेल त आवश्यक छ र गनैर्छ हामीले नगरे अरुले गर्छन् । निर्वाचनका लागि तालमेल हँुदैन निर्वाचनपछि पनि तालमेलको अवस्था के हुन्छ सोचेर अघि बढ्नुपर्ने थापाले बताए ।

हाल तालमेल गरेर सत्तागठबन्धनमा रहेका दलहरुलाई भोट मागेपनि निर्वाचन पश्चात गठबन्धन कायम नरहने ठोकुवा समेत थापाले गरे ।

२०७४ सालको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बाम एकता गरेर पार्टी एकीकरण गरेता पनि निर्वाचनपछि गठबन्धन नटिकेको र एक अर्कामा फुटको अवस्था आएको हुँदा नेकपा भन्ने पार्टी नै विघटन भएको छ ।
निर्वाचनअघि तालमेल गर्दा दलहरुबीच न्यूनतम विषयमा साझा धारणा हुनुपर्ने र जनमत पनि हेर्नुपर्ने हुँदा जनमतको आधारमा हुनुपर्ने बताए । अमूक पार्टीको २ हजार मत , नेपाली कांग्रेसको २० हजारमा २ हजार जोडेर २२ हजार बनाउन त धेरै सहज र सजिलो हुन्छ तर २० हजार जोड्दा सबै जाँदैन, चुहिन्छ जति गरे पनि २२ हजार पुर्याउन सकिदैन त्यो १६/१७ मा गएर अड्किन्छ ।

नेपाली कांग्रेसको विधान अनुसार  काठमाडौंको निर्वाचन क्षेत्र ८ (ख)  अन्तर्गत यो कांग्रेसको पहिलो प्रदेशसभा क्षेत्रीय सम्मेलन भएकोले पनि अति महत्वपूर्ण भएको थापाले बताए । उक्त कार्यक्रममा क्षेत्रीय समिति क्षेत्र नंम्बर ८ (ख) का सभापति शिव कुमार खनालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियाे । उदघाटन सत्रपछि वडा तहबाट पेश भएका सांगठनिक प्रतिवेदनहरु विस्तृत रुपमा छलफल गरी पास गरिएको थियो । कार्यक्रममा क्षेत्र नंम्बर ८ का नेता एवंम वागमती प्रदेशमा उपसभापति मोहन बहादुर बस्नेत, संविधान सभा सदस्यहरू कृष्ण अमात्य, राज्यलक्ष्मी श्रेष्ठ ८ का क्षेत्रीय सभापति राजेश श्रेष्ठ, महासमिति, महाधिवेशन प्रतिनिधि सदस्य नेतागण लगाएत सहकारी आन्दोलनका अगुवा एवंम कांग्रेसका युवा नेता केदार मानन्धर लगाएत महिला नेतृ तथा क्षेत्रीय प्रतिनिधिहरुको उल्लेखनीय  उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
  • २०७९ भाद्र ५, १८: २२

धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...

नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
  • २०७९ भाद्र ५, १८: २२

काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...

रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
  • २०७९ भाद्र ५, १८: २२

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...