
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
अाज दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले गिरिको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको बताए । ‘नेपाल सरकारले चाहेमा राजकीय सम्मान दिन सक्ने भन्ने व्यवस्था छ, सोही अनुसार उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।
गिरिलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री बालकृष्ण खाँण, अन्य मन्त्रीहरू, सांसदहरू र सर्वसाधारणहरूको आर्यघाटमा उल्लेखनीय उपस्थिति रहेको थियो । । गिरिलाई उनका छोरा सन्तोष, र भतिजाहरु प्रन्ययन गिरि र सन्दर्भ गिरिले दागवत्ती दिएका थिए ।
उनको जन्म वि.सं. २००४ साल असोज २४ गते गोवर्धन पूजाका दिन पिता मित्रलाल गिरी माता पुण्यप्रभा गिरीको कोखबाट सिरहा जिल्लाको बस्तिपुरमा भएको थियो । गिरीले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नाकोत्तर गरेका थिए ।

उनको समकालीन प्रजातान्त्रिक समाजवादी नेताहरुसँग उच्च तहको मित्रवत सम्बन्ध रहनुका साथै नेपाल भारत सम्बन्धमा गहिरो प्रभाव राख्न उक सरल जीवनशैलीका गान्धीबादी नेताका रुपमा उनलाई चिनिन्थ्यो ।
लोकतन्त्र र आर्थिक नीतिमा समाजवादको व्यवहारीक व्याख्या गर्ने उनी सधै सहभागितामूलक प्रजातन्त्र, किसान, मजदुर एवं विपन्न परिवारलाई विकासको केन्द्रविन्दुमा राख्नुपर्ने पक्षमा वकालत गर्थे । राजनैतिक दल प्रतिबन्धित भएको समयमा बनारसबाट नेपाली कांग्रेस पार्टीमा आवद्ध भई पार्टी संगठनका माध्यमबाट बहुदलीय व्यवस्थाका पक्षमा वैचारिक वकालत गर्दे निरंकुश पञ्चायतका विरुद्ध निरन्तर संघर्ष गरेका थिए ।
निरंकुशताविरुद्ध प्रमुख वैचारिक संघर्षमा होमिएका उनी पटक पटक लोकतान्त्रिक आन्दोलनहरुमा वैचारिक र सांगठनिक भूमिका प्रति उच्च सम्मान र उनको चीर आत्माको शान्तिको कामना गर्दै कांग्रेस केन्द्रिय कार्यसमितिले भदौ ५,६ र ७ गते झण्डा आधा झुकाउने तथा शोक श्रद्धाञ्जली कार्यक्रम गर्ने निर्णय गरेको छ । यसैगरी भारतहरले पनि गिरीको निधनप्रति दुःख व्यक्त गदै टुईट गरेका छन् ।

धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...
काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...