डा. दिनमणि पोखरेल महान्यायाधिवक्तामा नियुक्तिका लागि सिफारिस – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

डा. दिनमणि पोखरेल महान्यायाधिवक्तामा नियुक्तिका लागि सिफारिस


काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महान्यायाधिवक्तामा डा. दिनमणि पोखरेललाई नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका छन् ।

सरकारको कानुनी सल्लाहकारको रुपमा महान्यायाधिवक्ताले काम काज गर्ने संवैधानिक प्रावधान रहेको छ । डा.पोखरेललाई आजै शीतलनिवासमा राष्ट्रपति भण्डारीबाट शपथ ग्रहण गराउने तयारी भएको छ ।

संवैधानिक कानुनका जानकार पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गरेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा भएको प्रतिनिधि सभा विघटन गैरसंवैधानिक छ भनी उनले सर्वोच्च अदालतमा बहस समेत गरेका थिए ।

पोखरेलले यसअघि तत्कालीन सभामुख ओनसरी घर्र्तीका कानुन विज्ञको रुपमा काम गरेका थिए । अघिल्लो पटक प्रधानमन्त्री हुँदा दाहालले रमण श्रेष्ठलाई महान्यायाधिवक्तामा नियुक्त गरेका थिए । निवर्तनमान प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा भने खम्बबहादुर खाती महान्यायाधिवक्ता थिए ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०७९ पुष १२, १३: १६

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७९ पुष १२, १३: १६

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७९ पुष १२, १३: १६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...