कांग्रेसले शुक्रबार बोलायो केन्द्रीय कार्यसमितिको बैठक – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

कांग्रेसले शुक्रबार बोलायो केन्द्रीय कार्यसमितिको बैठक


काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव तथा राष्ट्रिय सभाका सांसद कृष्णप्रसाद पौडेलले यही पुस २२ गते शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएको जनाएका छन् ।

कांग्रेस बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को समीक्षा, समसामयिक राजनीतिक सन्दर्भ र विविध गरी तीन वटा एजेण्डामा छलफल हुने जनाएको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरूलाई बोलाइएको छ । कांग्रेसको यसअघि बसेको केन्द्रीय कार्यसमिति बैठकमा पदाधिकारीले पेश गरेको ‘आगामी सरकरको नेतृत्व कांग्रेसले गर्नुपर्छ’ भन्ने एजेण्डा असफल भएको विषयमा समेत बैठकमा छलफल हुने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धनलाई जोगाउन नसकेको भन्दै असन्तुष्ट नेताहरु उनको राजिनामा माग गर्दै विशेष महाधिवेशनको माग गरेको पृष्ठभूमिका यो बैठक बोलाइएको छ ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०७९ पुष १२, १६: ०७

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७९ पुष १२, १६: ०७

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७९ पुष १२, १६: ०७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...