
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् ।
संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएकाले उनी निर्विरोध निर्वाचित भएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । पार्टी महामन्त्री रहेका यादव अध्यक्ष उपेन्द्र यादवका विश्वास पात्र पनि हुन् ।
बारा जिल्ला क्षेत्र नम्वर २ बाट निर्वाचित यादबसँगै पार्टी उपाध्यक्ष तथा सुनसरी क्षेत्र नम्वर १ बाट निर्वाचित असोक राई र सिरहा क्षेत्र नम्वर २ बाट निर्वाचित राजकिशोर यादव पनि संसदीय दलको नेताको दाबेदार थिए ।
जसपाले मधेश प्रदेशबाट ६ जना र प्रदेश १ बाट एक जना गरी ७ सांसद प्रत्यक्षबाट निर्वाचित भएका थिए । जसपाका ७ जना समानुपातिक गरी १४ सांसद छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको जसपाले सरकारमा तत्काल नजाने निर्णय गरेको थियाे ।
जसपाका अध्यक्ष उपेन्द्र यादव सप्तरी क्षेत्र नम्वर २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भए पछि नेकपा एमालेसँगको चुनावी तालमेल चुनाव समाप्त भएसँगै समाप्त भएको बताएका थिए । तर एक महिना नबित्दै एमाले –माओबादीको डिजायनमा बनेको सरकारको समर्थन गर्न पुगेका थिए ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...