
पोखरा – नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा संस्थापन पक्षबाट केन्द्रिय सदस्य सुरेनद्रराज पाण्डे र संस्थापनइत्तर पक्षबाट भोजराज अर्यालबीच प्रतिष्पर्धा हुने भएको छ ।
गण्डकी प्रदेश संसदीय दलको नेताको लागि बुधबार गोरखा २ ‘ख’ बाट निर्वाचित केन्द्रीय सदस्य पाण्डे र स्याङ्जा २ ‘क’ बाट निर्वाचित भोजराज अर्यालको मनोनयन परेको हो ।
पाण्डेको प्रस्तावक विन्दुकुमार थापा र समर्थक डा. टकराज गुरुङ छन् । अर्यालको प्रस्तावक महेन्द्रध्वज जिसी र समर्थक पार्वती तामाङ छन् । प्रदेशसभा संसदीय दलको नेता छान्न अहिले मतदान भइरहेको छ ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...