
काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको संयुक्त सरकारमा नगई बाहिरबाटै समर्थन गर्ने आइतबारको निर्णय उल्टाउँदै सरकारमा जाने निर्णय गरेको छ ।
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बुधबारको बैठकले पार्टी सरकारमा जाने निर्णय गरेको हो । बुधबारको बैठकमा सहभागी अधिकांश नेताले सरकारमा जानुपर्ने सुझाव दिएसँगै पार्टी सरकारमा जाने निर्णय भएको एक नेताले बताए ।
बैठकमा निर्देशन समिति गठन गर्ने, लेवी निर्धारण र संकलन गर्ने, र सांसदको स्वकीय सचिव नियुक्ति तथा पार्टी हित विपरीत गतिविधि गर्नेलाई कारबाहीलगायतका विषयमा छलफल भएको थियो ।
संघीय संसदमा राप्रपाका प्रत्यक्षबाट निर्वाचित ७ र समानुपातिकबाट चयन भएका ७ गरी १४ जना सांसद छन् । राप्रपाले सरकारमा जाने निर्णय गरे पनि कसको नेतृत्वमा जाने भन्ने विषय टुगो नलागिसकेको एक नेताले बताए ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...