
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीय संसदका सदस्यमा निर्वाचित पार्टी नेताहरुबाट जनही २० हजार रुपैयाँ मासिक लेबीको रुपमा उठाउने भएको छ ।
राप्रपाको बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सांसदहरुबाट जनही २० हजार रूपैयाँ लेवी उठाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।
प्रदेश सभा सदस्यको हकमा भने १० देखि १५ हजारसम्म उठाउने गरी निर्णय भएको छ । प्रदेशमा प्राप्त हुने सेवा सुविधाको आधारमा प्रदेशले सो सीमामा रहेर लेवी तोक्ने गरी निर्णय भएको हो ।
प्रतिनिधिसभामा राप्रपा ७ प्रत्यक्षबाट निर्वाचित र ७ समानुपातिक गरी १४ सांसद रहेका छन् भने प्रदेशमा २८ सदस्य छन् ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...