मधेश प्रदेश कांग्रेस संसदीय दलको नेतामा संस्थापन पक्षका कृष्णप्रसाद विजयी – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

मधेश प्रदेश कांग्रेस संसदीय दलको नेतामा संस्थापन पक्षका कृष्णप्रसाद विजयी


काठमाडौं – नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलको नेतामा पार्टी संस्थापन पक्षका प्रदेश सांसद कृष्णप्रसाद यादव निर्वाचित भएका छन् ।

संसदीय दलको नेताको लागि विहीबार भएकाृे निर्वाचनमा २२ प्रदेश सभा सदस्यमध्ये दुई तिहाई बढी १८ जनाले कृष्णप्रसादको पक्षमा मतदान गरेका थिए ।

पार्टी नेता विमलेन्द्र निधी पक्षधर प्रदेश मन्त्री समेत रहेका प्रदेशसभा सदस्य रामसरोज यादवले ४ मतमा चित्त बुझाउनु परेको थियो ।

दलको नेतामा निर्वाचित कृष्णप्रसाद कांग्रेसको मधेश प्रदेश कार्यसमितिका सभापति समेत हुन् । उनी रौतहटको निर्वाचन क्षेत्र नम्वर १ को प्रदेश सभा ‘ख’ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।

संसदीय दलको नेता निर्वाचित भएपछि मधेस प्रदेशमा सरकार बनाउन अन्य दलसँग छलफल गर्ने यादवले बताए । मधेस प्रदेशमा कुनै दलको स्पष्ट बहुमत छैन । एमाले २३ र कांग्रेसको २२ सांसद छन् ।

मधेश प्रदेशमा जसपाका १६, जनमतका १३, लोसपाका ९, माआबादीका ८ र नेकपा एसका ७ प्रदेस सदस्य छन् । यो प्रदेशमा स्वतन्त्र ६m राप्रपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजबादी पार्टीका १–१ जना प्रदेश सांसद छन् ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०७९ पुष १४, १७: ०५

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७९ पुष १४, १७: ०५

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७९ पुष १४, १७: ०५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...