
काठमाडौं – पूर्वमन्त्री तथा रौतहट क्षेत्र नम्वर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रभु साहले आफ्नै अध्यक्षतामा नयाँ दलको घोषणा गरेका छन् ।
नेकपा माओबादीबाट २०५५ सालदेखि सक्रिय राजनीतिमा लागेर एमाले हुँदै स्वतन्त्र रुपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित साहले आफ्नै अध्यक्षतामा बिहीबार ‘आम जनता पार्टी’ घोषणा गरेका हुन् ।
काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा साहले नयाँ पार्टी घोषणा गरेका हुन् । एक सय ५१ सदस्यीय केन्द्रीय कमिटीमा पूर्वराज्य मन्त्री करिमा बेगम, पूर्व राज्यमन्त्री बद्री प्रसाद न्यौपाने, पूर्व सांसद रामप्रीत राम लगायतका नेता उनले गठन गरेको पार्टीमा छन् ।
नेकपा खारेजसँगै एमाले र माओवादी आआफ्नो पूर्ववर्ती दलमा फर्किंदा उनी एमालेमै रहेका थिए भने गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । साहसँगै रौतहट क्षेत्र नम्वर २ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी किरण प्रसाद साह पनि सो पार्टीमा रहने चर्चा भए पनि उनी सहभागी भएनन् ।


वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...