मापदण्ड विपरित खटिएका एक सय ९४ सुरक्षाकर्मी फिर्ता – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

मापदण्ड विपरित खटिएका एक सय ९४ सुरक्षाकर्मी फिर्ता


काठमाडौं – गृह मन्त्रालयको निर्देशनपछि पूूर्बमन्त्री, पूर्वकर्मचारी र सुरक्षाकर्मी कहाँ मापदण्ड विपरीत खटिएका एक सय ९४ सुरक्षाकर्मी फिर्ता भएका छन् ।

बिहीबारसम्म नेपाल प्रहरीका एक सय तीन र सशस्त्र प्रहरी बलका ९१ जना सुरक्षाकर्मी गरी जम्मा एक सय ९४ जना सुरक्षाकर्मी फिर्ता भएको नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

गृह मन्त्री रबी लामिछानेको निर्देशन पछि गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरेर बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाका लागि पाएको सुरक्षाकर्मी मापदण्ड विपरीत भए फिर्ता गर्न भनेको थियो ।

त्यसअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले कर्मचारी र सुरक्षाकर्मीको व्यक्तिगत सुरक्षामा मापदण्ड विपरित खटिएका प्रहरीलाई फिर्ता गरेको हो ।

सम्बन्धित समाचार

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७९ पुष १४, २३: ४१

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७९ पुष १४, २३: ४१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०७९ पुष १४, २३: ४१

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...