कांग्रेस केन्द्रीय कार्यसमिति बैठक एक सातापछि सारियो – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक एक सातापछि सारियो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर ४ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको समिक्षा गर्नका लागि पुस २२ गते शुक्रबारको लागि बोलाएको केन्द्रीय कार्य समितिको बैठक एक सातापछि सारेका छन् ।

प्रदेस र प्रतिनिधिसभाको निर्वाचनपछि सभापति देउवाले गत पुस ३ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएपछि देशमा आएको राजनीतिक उतार चढावको विषयमा संस्थागत छलफल गर्न रुची नदेखाएको पाइएको छ ।

सत्तारुढ गठबन्धनको समर्थन र सहयोगमा नयाँ सरकार गठनको योजनामा रहेका पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको योजना गठबन्धनमा आबद्ध दल माओबादी केन्द्रले गठबन्धन तोडेसँगै भताभुङ्ग भए पछि निरास भएका छन् ।
गठबन्धन जोगाउन नसकेको भनेर पार्टी नेतृत्वमाथि सार्वजनिक रुपमा टिप्पणी, आलोचना र बिरोध भइरहँदा समेत पार्टीमा समिक्षा हुन सकेको छैन ।

पुस २२ गतेको लागि निर्धारण गरिएको पार्टी केन्द्रीय कार्य समिति बैठक पुस २८ गते विहीबार १ बजे बस्ने गरी स्थगित गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिज्ञप्ति मार्फत जनाएका छन् ।

कांग्रेसले प्रतिनिधिसभाको अधिवेशन पुस २५ गते शुरु हुने भएकाले नेपाली कांग्रेसको संसदीय दलको बैठक भने पुस २३ गते शिनबार १ बजे दलको कार्यालय सिंहदरबारमा बोलाएको छ । सभापति देउवा नै कांग्रेस संसदीय दलका नेता हुन् ।

नेतृत्वको कमजोरीका कारण सत्ता गठबन्धन तोडिएको भन्दै पार्टी सभापतिमाथि पार्टी भित्रैबाट विरोध भएकाले बैठकमा बिरोधको सामना गर्नु भन्दा टार्नु उपयुक्त भएकाले बैठकको मिति एक साता पर सारिएको हुनसक्ने कांग्रेसका असन्तुष्ट पक्षधर एक नेताले बताए ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०७९ पुष २०, १३: ५७

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७९ पुष २०, १३: ५७

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७९ पुष २०, १३: ५७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...