
काठमाडौं । नेपाली कांग्रेसले नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान गठबन्धन सरकार अवसरमा केन्द्रित रहेकोले सरकारको आयू पनि छोटो रहेको धारणा सार्वजनिक गरेको छ ।
कांग्रेसको आधिकारिक धारणा सार्वजनिक गर्न बुधबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले सरकारमा अवसर पाउने उद्देश्यले एक अर्कामा विपरीत धारणा राख्ने दलहरु एक ठाउँमा आएको जनाए ।
उनले गठबन्धन शुद्ध स्वार्थमा मात्र केन्द्रीत रहेको भन्दै राजतन्त्र चाहिने र राजतन्त्र कुनै हालतमा नचाहिने, संघीयता चाहने र नचाहने विभिन्न प्रकृति र दिशातर्फ उन्मुख दलहरुको शुुद्ध पदीय चाहनाबाट उन्मुख भएर गठबन्धन बनेको आरोप लगाए ।
गठबन्धनका दलहरुमा कसले ठूलो जिम्मेवारी पाउने भन्ने विषयमा प्रतिस्पर्धा चलेको र गठबन्धन आफ्नै बोझबाट थिचिएकोले यो गठबन्धनको आयु छोटिन सक्ने प्रशस्त सम्भावना रहेको दाबी गरे ।
पार्टी प्रवक्ता महतले गठबन्धन तोडिनुमा नेपाली कांग्रेसको दोष नभएको दाबी गर्दै कांग्रेसले प्रचण्डलाई नेतृत्व दिएर गठबन्धन निरन्तरता दिने विकल्पमा छलफल गर्ने समय नै नपाएको दावी गरे । सत्ता गठबन्धनमा विचार र दृष्टिकोणमा एकता नभएको भन्दै उनले ‘नो नट अगेन’को नारा लगाएर आएका नयाँ पार्टी पद प्राप्तिमा गएर टुंगिएको जनाए ।
कांग्रेस विपक्षीमा बसुन्झेलसम्म प्रतिपक्षीको भूमिका सशक्त रूपमा निर्वाह गर्ने, संसद्मा जनजीविका, राष्ट्रियता लगायतका मुद्दा सशक्त ढंगले उठाउने तर रेलिङ भाच्ने वा संसद्लाई महिनै बन्दी बनाउने काम कांग्रेसबाट नहुने उनको भनाइ थियो । पुस २८ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकपछि पार्टीका विभाग गठन, भ्रातृ संस्थालाई पूर्णता दिने, संगठन निर्माण र एकतामा केन्द्रित हुने उनले बताए ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...