
काठमाडौं – प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले राहदानी लिन सेवाग्राहीले घण्टौं कुर्नु पर्ने अवस्थामा परिवर्तन नआए विभागीय प्रमुखलाई कारबाही गर्ने चेतानी दिएको २४ घण्टा नवित्दै विभागले राहदानी वितरण कार्य नै रोकेको छ ।
नेपाल सरकारका सबै सचिवलाई ३० बुँदे निर्देशन दिनेक्रममा बुधबार मात्रै प्रधानमन्त्री दाहालले विभागको सेवा प्रवाहको अवस्था नबुझी सेवाग्राहीले तत्काल सेवा नपाए विभागीय प्रमुखलाई कारबाही गर्ने चेतावनी दिएका थिए ।
उनको निर्देशन बमोजिम राहदानी विभागले कार्यान्वयनमा चुस्तता त परै जाओस बुधबारदेखि अर्को सूचना जारी नभएसम्म विभागले राहदानी वितरण गर्न नसक्ने जनाएको छ ।
राहदानी विभागले सफ्टवेयरमा देखिएको समस्याका कारण सेवा प्रवाह गर्न नसक्ने बताएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सूचना तथा प्रविधि टोलीले विभागको त्रिपुरेश्वरस्थित कार्यालयको निरीक्षण गरेको छ ।

टोलीले विभागका महानिर्देशक, प्रशासन र सफ्टवेयरको प्राविधिक सपोर्ट गर्ने टीमसँग अहिले देखिएको समस्याका बारेमा विस्तृत छलफल गरेको जनाइएको छ ।
प्रधानमन्त्री कार्यालयको प्राविधिक टीमले सम्झौताअनुसार कम्पनिले समस्या हल नगरेको र कम्पनिका कारण जनताले सास्ती भोग्नुपरेकाले तत्काल समस्या हल गर्न निर्देशन दियो ।
यसका लागि कम्पनिको केन्द्रीय कार्यालयबाट नै प्राविधिक झिकाएर तत्काल समस्या समाधान गर्न निर्देशन दिएको छ ।
विभागका केही कर्मचारीले मंगलबार नै राहदानी वितरण प्रणाली र छपाईपछि प्राप्त भएका राहदानीको विवरण अद्यावधिक गर्न केही समस्या भएको बताएका थिए । तर बुधकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको टोलीसँग सर्भरमा समस्या आएको कारण देखाएका थिए ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...