
काठमाडौं – पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एस (एकीकृत समाजवादी)ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
नेकपा एसको केन्द्रीय सचिवालय बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । तर, सरकारमा भने सहभागी नहुने उसले निर्णय गरेको छ ।
पुस १० मा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुसमा प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यसूची छ । पुस २५ गतेबाट संघीय संसदको अधिवेशन सुरु हुँदैछ ।
पुस २६ मा बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने व्यवस्था गरिदिन प्रधानमन्त्री प्रचण्डले संघीय ंसंसद सचिवालयलाई पत्राचार गरिसकेका छन् ।
यसअघि नेकपा एसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कमिटी र स्थायी कमिटी बैठकले सरकारमा जाने वा नजाने भन्ने विषयमा निष्कर्ष निकाल्न सकेको थिएन ।
नेकपा एसलाई सरकारमा सहभागी गराउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालबाट कुनै प्रस्ताव वा आव्हान नभएको भन्दै अध्यक्ष नेपालले बुधबार सार्वजनिक कार्यक्रममा गुनासो गरेका थिए । तर बुधबार बेलुकी नै प्रधानमन्त्री दाहालले नेपाललाई भेटेर सरकारलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...