
काठमाडौं – गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत सदस्य रहेको दाबी पेश गर्न गण्डकी प्रदेशान प्रतिनिधित्व गर्ने दलहरुलाई आह्वान गरेका छन् ।
प्रदेशमा सरकार बनाउनका लागि दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सकने प्रदेश सभा सदस्यले पुस २५ गते सोमबार ४ बजेभित्र दाबी पेश गर्नु पर्ने छ ।
गण्डकी प्रदेशमा कुनै पनि दलको बहुमत नआएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतको सरकार बनाउन आह्वान भएको हो ।
६० सदस्य रहने गण्डकी प्रदेशमा नेपाली कांग्रेस एक्लैसँग २७ सिट छ । गण्डकी प्रदेशमा एमालेका २२, माओबादी केन्द्रका ८, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ र स्वतन्त्र १ जना छन् । यहाँ सत्ता गठबन्धनको बहुमत अर्थात ३३ मत देखिन्छ ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...