
काठमाडौं – नेपाल टी–२० लिगमा भएको खेलमा ‘स्पट फिक्सिङ’ सम्बन्धमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रिय अपराध अनुसन्धान व्युरो (सीआईबी)ले १० जनामाथि अभियोग तयार गरेका छन् । सो प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुधबार सीआईबीका प्रहरी उपरिक्षक (एसपी) सन्जयसिंह थापाले बुझाएका छन् ।
प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा नेपाली क्रिकेटर आदिल आलम, पूर्वक्रिकेटर महबुब आलमसहित ३ जना पक्राउ परिसकेका छन् । अभियोग लागेकामध्ये ७ जनालाई पक्राउ वा मुद्धा चलाउन सिआइबीले सरकार वकीलको कार्यालयलाई बुझाएको प्रतिबेदनमा जनाइएको छ ।
१० जनालाई प्रतिवादी बनाईएको उक्त प्रतिवेदनमा तीन वर्ष कैद र ५० हजार जरिवाना हुनु पर्ने माग राखिएको छ । नेपाली टी–२० लिग गत पुस ९–२७ सम्म त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलमा ‘स्पट फिक्सिङ’ भएको खुले पछि सीआईबीले लामो अनुसन्धान गरेको थियो । जसका कारण नेपाल क्रिकेट संघ र उसको नेतृत्व बिबादको घेरामा परेको छ ।
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...