
काठमाडौं । चर्चित गायिका काठमाडौंकी सुश्री मेनुका पौडेल र प्रतिभावान रत्नकुमारी सुनुवारलाई भारतीय दूतावासले एक समारोहबीच सम्मान गरेको छ।
काठमाडौंस्थित भारतीय दूतावासल अन्तराष्ट्रिय नारी दिवस मार्च आठको अवसरमा विहीबार माइति नेपालको प्राङ्गणमा आयोजित विशेष समारोहबीच दुई नारी प्रतिभालाई सम्मान गरेको हो।
कार्यक्रमकी प्रमुख अतिथि नेपालको पहिलो महिला मुख्यमन्त्री श्रीमती अष्टलक्ष्मी शाक्य र भारतीय दूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले उनीहरुलाई पुरस्कृत गरेका हुन्।
आफ्नो गायन प्रतिभाको माध्यमबाट नेपाल र भारतमा र पछिल्लो समय इन्डियन आइडल (२०२३) मा सुश्री मेनुका पौडेल प्रशंसा बटुल्न र चर्चित बन्न सफल भएकी थिइन्।
त्यस्तै, श्रीमती रत्न कुमारी सुनुवारले ८० वर्षको उमेरमा गत वर्ष कक्षा १२ उत्र्तीण गरेर अध्ययनमा उमेरले कुनै बाधा गर्दैन भन्ने उदाहरण देखाएर चर्चित बनेकी थिइन् ।
सो अवसरमा भारतीय राजदूतावासले माइती नेपालका विद्यार्थीहरुलाई उपहार स्वरुप पुस्तक प्रदान गरेको थियो।
काठमाडौंस्थित भारतीय राजदूतावासले माइती नेपालसँगको सहकार्यमा सो कार्यक्रम आयोजना गरेको थियो। यो वर्ष फाल्गुण २५ गते अन्तर्राष्ट्रिय नारी दिवस परेको छ।
‘इन्भेष्टमेन्ट इन उमनः एसल्रेट प्रोग्रेस एण्ड इन्स्पायर इन्क्लुजन’ भन्ने मूल नाराका यो वर्ष मनाईने अन्तराष्ट्रिय नारी दिवसको अवसरमा महिलाहरुको योगदानको सम्मान एवम् कदर गर्न उक्त कार्यक्रमको आयोजना गरिएको दूतावासले जनाएको छ।
नेपालको पहिलो महिला मुख्यमन्त्री शाक्यको प्रमुख आतिथ्यतामा सम्मपन्न सो कार्यक्रममा माइती नेपालकी संस्थापक तथा पहिलो महिला प्रदेश प्रमुख श्रीमती अनुराधा कोइरालासँगै भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्रीवास्तवले प्रतिभावान महिलाहरुको योगदानको वारेमा चर्च गरेका थिए।

कार्यक्रममा बोल्दै नियोग उप–प्रमुख श्रीवास्तवले नारी दिवसको महत्वमाथि प्रकाश पार्दै माइती नेपालले नेपाली महिलाको हित र समृद्घिका लागि गरेको अथक प्रयासको प्रशंसा गगरे।
नियोग उप–प्रमुख श्रीवास्तवले सन् २०१७ मा भारत सरकारले श्रीमती कोइरालालाई प्रतिष्ठित ‘पद्मश्री’ पुरस्कारबाट सम्मानित गरेको स्मरण गर्दै महिलाको क्षेत्रमा पुर्याएको प्रयासलाई भारत सरकारले पनि कदर गरेको बताए।
नेतृ शाक्यले भारत र नेपालबीच रहेको विशिष्ट सम्बन्धको महत्वमाथि प्रकाश पार्दै नेपालमा महिला सशक्तिकरणका लागि बृहत्तर सामूहिक प्रयासको आवश्यकता रहेको बताइन्।
माईती नेपालकै संस्थापक कोइरालाले माइती नेपालले गर्दै आएको पहल एवम् बृहत कार्यक्रम बारे जानकारी दिँदै राजदूतावासको निरन्तर साथ र सहयोगका लागि धन्यवाद व्यक्त गरिन ।

भारतीय राजदूतावास, काठमाडौंस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले आयोजना गरेको कार्यक्रममा काठमाडौंका महिला वाद्यवादकहरुले सांगीतिक प्रस्तुति र माइती नेपालका छात्राहरुले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए।
सुश्री मेनुका पौडेलले सुमधुर गीतहरु गाएर दर्शकलाई मोहित बनाएकी थिइन्।
भारत र नेपालबीचको बलियो सम्बन्धलाई प्रवद्र्घन गर्न र बालिका एवम् महिला सशक्तिकरणका लागि नेपाल सरकारको प्रयासलाई सघाउ पुर्याउन भारतीय राजदूतावास, काठमाडौं प्रतिबद्घ रहेको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाईएको छ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलाे महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । रास्वपाकाे निर्वाचन...