
काठमाडौं । भारत र नेपालको समृद्ध साँस्कृतिक सम्पदा मनाउन पोखरामा भारतीय शास्त्रीय ओडिसी नृत्य र नेपाली लोक नृत्य प्रस्तुत गर्दै एक साँस्कृतिक कार्यक्रमको सम्पन्न भएको छ।
काठमाडौंस्थित भारतीय राजदूतावासको स्वामी विवेकानन्द साँस्कतिक केन्द्र, नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्ले आयोजनाको गरेको सो कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रमुख अतिथिको रुपमा उपस्थित थिए।
मुख्यमन्त्री पाण्डेले नेपाल र भारतबीच धेरै साँस्कृतिक समानता रहेको र यस्ता कार्यक्रमले दुई देशको विविधतालाई देखाउन मद्दत गरेको बताए।

भारतीय राजदूतावासका प्रथम सचिव अविनाश सिंहले भारत र नेपालबीचको सदियौं पुरानो साँस्कृतिक सम्बन्ध चर्चा गर्दै पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेकोमा स्वागत गरे।
श्रीतकमला, सखी हे, दशावतार र वसन्त बहार ः वसन्तको रंग प्रस्तुत गर्दै भारतीय शास्त्रीय नृत्यको कठिन चाल तथा भावभङ्गीमा ओडिसी नृत्यमार्फत कार्यक्रममा देखाइएको भारतीय दूतावसद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
लाखे नृत्यसँगै नेपाली लोक नृत्यको नेतृत्व निश्कल उदासले गरेका थिए। उनलाई सङ्गीतकार निशान श्रेष्ठ, विशेष ताम्राकार, सम्बोधी उदास, सम्राट भारी र आयुष श्रेष्ठले साथ दिएका थिए।

पोखरास्थित लेकसाईडको बाराही घाटमा आयोजित सो कार्यक्रममा पाँच सय वढी नेपाली तथा विदेशी पर्यटक दर्शकहरुको उपस्थिति थियो।
काकली बोसको नेतृत्वमा रहेको ओडिसी नृत्य टोलीले वुधबार मात्र काठमाडौंमा आफ्नो प्रस्तुति दिएको थियो।
त्यसपछि सो टोलीले शुक्रबार लुम्बिनीमा नृत्य प्रस्तुत गरेको थियो। आइतबार भने वीरगंज र सोमबार धरानमा प्रस्तुति दिने कार्यक्रम रहेको जनाइएको छ।


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलाे महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । रास्वपाकाे निर्वाचन...