
काठमाडौं । देशमा भ्रष्टाचार अनियमितता विरुद्ध नागरिक दैनिकका पत्रकार दिलीप पौडेललाई शसक्त पत्रकारिता अवार्ड–२०८०बाट सम्मानित गरिएको छ । पौडेल लामो समय देखि खोजमुलक, अनुसन्धानमुलक र भ्रष्टाचारविरुद्ध पत्रकारिता गर्दै आएका छन् ।
आज पौडेललाई एक समारोहका बीच प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना र प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले अवार्ड तथा प्रमाण पत्रले सम्मान गरेका छन् ।
बागलुङबाट पत्रकारिता सुर गरेका पौडेल अहिले नागरिक दैनिक काठमाडौंको आर्थिक व्यूरोमा कार्यरत छन् । पौडेलले बारबरा एडम्स खोज पत्रकारिता अवार्ड, सेजन अवार्ड, आर्थिक पत्रकारिता अवार्ड लगायतका विभिन्न सम्मान तथा पुरस्कारहरु पाइसकेका छन् ।
न्युज एक्सप्रेस मिडिया प्रालिले काठमाडौंमा आयोजना गरेको ‘राष्ट्रिय डिजिटल मिडिया अवार्ड–२०८०’ को समारोहमा नागरिकर्मी पौडेल सहित दर्जन भन्दा बढी पत्रकारहरुलाई विभिन्न विधामा मिडिया अवार्डबाट सम्मानित गरिएको छ ।
सम्मान कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसाललाई ‘लाईफ टाइम एचिभ्मेन्ट अवार्ड’, खवरहवका प्रधान सम्पादक अरुण बराललाई ‘डिजिटल मिडिया एडिटर अवार्ड’, प्राइम टाइम टिभीका अध्यक्ष ऋषि धमलालाई ‘पपुलर प्रोग्राम अवार्ड’, सिधा कुरा जनतासँगका प्रस्तोता विरेन्द्र जैरुलाई ‘जनआवाज मिडिया अवार्ड’ प्रदान गरिएको छ ।
त्यसैगरी, उकालो अनलाइनकी दिपा दाहाललाई ‘जोखिमपूर्ण पत्रकारिता अवार्ड’, रजतपट टिभी कार्यक्रमका प्रस्तोता प्रकाश सुवेदीलाई ‘बरिष्ठ रंग पत्रकारिता अवार्ड’, कान्तिपुर दैनिक र द काठमाण्डु पोस्टका फोटो सम्पादक प्रकाशचन्द्र तिमिल्सेनालाई ‘जोखिमपूर्ण फोटोपत्रकारिता अवार्ड’, अर्थ सरोकार अनलाइनका प्रधान सम्पादकलाई ‘आर्थिक डिजिटल मिडिया अवार्ड’ प्रदान गरिएको थियो ।
सम्मान कार्यक्रममा प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले सञ्चार क्षेत्रले राज्यमा भएका गलत क्रियाकलापको खबरदारी गदै आएका हुँदा सम्मानितलाई
बधाई दिएकी छिन् ।
नेपाली पत्रकारितामार्फत मुलुकमा योगदान पुर्याएका पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड प्रदान गरिएको न्युज एक्सप्रेस मिडिया प्रालिका अध्यक्ष मिलनसिंह परियारले कार्यक्रममा बताए ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलाे महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । रास्वपाकाे निर्वाचन...