
काठमाडौं। नेपालस्थित भारतीय राजदूतावास, काठमाडौंस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, बीरगंजस्थित भारतीय महावाणिज्य दूतावास र बीपी कोइराला भारत–नेपाल फाउन्डेसनले नेपाली नयाँ वर्ष विक्रम सम्वत् २०८१ को अवसर पारेर शनिबार जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करणको आयोजना गरेको छ।
जनकपुरधाम सांस्कृतिक महोत्सवको पहिलो संस्करण सन् २०२३ अप्रिलमा आयोजना गरिएको थियो। सो महोत्सव जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजना गरिएको थियो।
दुई सत्रमा वर्गिकरण गरिएको कार्यक्रमको पहिलो सत्रमा हरिवंश झाले ‘जानकी लीला’ मा व्याख्यान प्रस्तुत गरेका थिए भने कार्यक्रममा सारीका साथै भारत र नेपालका किल्लाहरुको प्रदर्शनी र चर्चित सेफ सन्तोष साहद्वारा प्रस्तुत मैथिली फुड फेस्टिवल समावेश थियो।
कार्यक्रमको दोस्रो सत्रमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका गुरु तथा कलाकारले भगवान राम र सीताको जीवनीमा आधारित भजनको सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए।

दोस्रो सत्रको विशेष आकर्षण प्रसिद्घ नेपाली गायिका सुश्री मेनुका पौडेलको प्रस्तुति रहेको थियो। मेनुका पौडेल इन्डियन आइडल २०२४ को उत्कृष्ट १० मा पर्न सफल भएकी थिइन्।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रमुख अतिथिको रुपमा महोत्सवको पहिलो सत्रको उद्घाटन गरेका थिए। जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले साँझको सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थिति जनाएका थिए।

महोत्सवमा मधेश प्रदेशका प्रदेश सभा सदस्य, प्रतिष्ठित व्यक्तित्व र सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो साथै दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो।

दुई देशका कला, संस्कृति तथा चाडपर्वको साझा परम्परामा झल्किने भारत र नेपालको साझा सांस्कृतिक सम्पदालाई जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करणले मनाएको काठमाडौंस्थित भारतीय दुतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलाे महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । रास्वपाकाे निर्वाचन...