
पोखरा । गजलकार एवं गीतकार प्रकट पंगेनीको निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मंगलबार दिउँसो निधन भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि उनलाई लामो समयसम्म अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गराई राखेका थिए । उपचारमा महंगो खर्च लाग्ने भएपछि मंगलबार नै आर्थिक संकलन अभियान थालिएको थियो ।
प्रकटका कविता, गजलका किताब प्रकाशित छन् भने ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’ जस्ता गीत चर्चित छन् । उनको बुधबार मध्यान्ह दाहसंस्कार गर्ने परिवार निकटले बताएका छन् ।
उनको उपचारका लागि पोखरा महानगरपालिकाले १ लाख र पोखरेली सांस्कृतिक परिवारले २५ हजार सहयोग गर्ने निर्णय यसअघि नै गरेको थियो ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलाे महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । रास्वपाकाे निर्वाचन...