कांग्रस नेतृ ज्वारचनले लिइन शपथ – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

कांग्रस नेतृ ज्वारचनले लिइन शपथ

नयाँ विकल्प

काठमाडाैं– नेपाली कांग्रसकी नेतृ सुवर्ण ज्वारचनले संसद सदस्यकाे पदको गोपनियताको शपथ लिएकी छन् ।

गुल्मी जिल्लाको सत्यवती गाउँपालिका परमानन्द नगरकी ज्वारचनलाइ आइतबार सभामुख अग्नि सापकोटाले शपथ ग्रहण गराएका हुन् ।

बाग्लुङकी कांग्रेसकी नेतृ ज्ञानकुमारी छन्त्यालको निधन भएपछि रिक्त समानुपातिक पदमा कांग्रेसले ज्वारचनलाई सांसदका लागि सिफारीस गरेकाे थियो ।

समानुपातिक सांसद छन्त्यालको गत असार १७ गते काठमाडौंको गंगालाल हृदय रोग केन्द्र बाँसबारीमा निधन भएको थियो ।

सामानुपातिक तर्फको कुनै सांसदको निधन भएमा सोही सामावेशी समूहअन्तर्गत पार्टीले निर्वाचन अयोगमा बुझाएको बन्दसूचीको पहिलो नम्बरमा रहेको व्यक्ति स्वतः सांसद बन्न पाउने व्यवस्था छ ।

कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको सूचीमा छन्त्यालपछि ज्वारचनको नाम रहेको थियो।

ज्वारचन गुल्मीबाठ नेपाली कांग्रसकाे संसदकाे प्रतिनिधित्व गर्ने एकमात्र सभासद समेत बनेकी छन ।

सम्बन्धित समाचार

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
  • २०७७ श्रावण ४, १७: ५२

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई...

प्रधानमन्त्री शाह अमेरिका जाँदा हुने छैन परम्परागत सलामी र बिदाइ
प्रधानमन्त्री शाह अमेरिका जाँदा हुने छैन परम्परागत सलामी र बिदाइ
  • २०७७ श्रावण ४, १७: ५२

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्दैछन् । उनी उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...

एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल पाकिस्तानसँग पराजित
एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल पाकिस्तानसँग पराजित
  • २०७७ श्रावण ४, १७: ५२

काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको समूह चरणको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । प्रतियोगितामा नेपालको यो...