नेपाल मगर संघले माघे संक्रान्तिलाई आन्दोलनको रुपमा मनाउने – Naya Bikalpa
October 18, 2026, Sunday      Epaper

नेपाल मगर संघले माघे संक्रान्तिलाई आन्दोलनको रुपमा मनाउने

काठमाडौं । नेपाल मगर संघले माघे संक्रान्ति–२०७४ लाई अधिकार प्राप्तिको आन्दोलनको रुपमा मनाउने स्पष्ट पारेको छ । संघले पत्रकार सम्मेलन गरेर ‘माघे संक्रान्ति राष्ट्रिय चाड भव्यताका साथ मनाऔँ, मगरात पहिचान र अधिकार संघीयताको लागि अघि बढौँ’ भन्ने मूल नाराकासाथ माघे संक्रान्ति मनाउने जानकारी दिएको हो । नेपाल मगर संघका अध्यक्ष नवीन रोका मगरले मानव सभ्यताको शुरुवातिदेखि नै मगर समुदायले माघे संक्रान्ति मनाउदै आएको जिकिर गरेका छन् ।
‘माघे संक्रान्ति मगर समुदायको विशेष चाड भएपनि गैर–समुदायको पनि चाड हो, अर्थात राज्यको नै चाड हो, अन्य चाडपर्वजस्तै राज्यले यस संक्रान्तिलाई पनि उत्तिकै सम्मान गर्न सक्नुपर्छ, यहाँभन्दा पहिलेको र अहिलेको माघे संक्रान्तिमा धेरै फरक छ।’
उनले अघि थपे,‘परापूर्वकालदेखि नै चलिआएको चाडलाई हामीले विगतका वर्षहरुमा साँस्कृतिक, समाजिक र भावानात्मक तरिकाले मनाउदै आएका थियांै, आजको दिनमा हाम्रा तमाम अधिकारहरु प्राप्त गर्न बाँकी छन्, यस्ता अधिकारहरु सम्बोधन र सुनिश्चित गर्नको लागि हामीले यस पालिको माघे संक्रान्तिलाई आन्दोलनको रुपमा मनाउने निर्णय गरेका छाँै ।’
वर्तमान स्थितिमा नेपाली कला, संस्कृति सक्तासँग जोडिएको बताउँदै अध्यक्ष मगरले यस माघे संक्रान्तिसँग आन्दोलनजस्तो शब्द प्रयोग गर्न बाध्य भएको स्पष्ट पारे ।
उनले भने,‘राज्यले हामीलाई उपेक्षा गरेको छ, हाम्रो संस्कृतिको सम्मान स्वरुपमा एकदिन बिदाबाहेक अरु सम्मान दिएको छैन, अन्य चाडपर्वहरुमा नेपाली सेनाले तोप सलामी दिन्छ, खै त हाम्रो माघिमा तोप पड्काएको ? यो त एक उदाहरण मात्रै हो ।’
आउदो माघ १ गते उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने माघे सकरातिमा लोपउन्मुख जिवन्त सन्देश प्रदानगर्ने मगर समुदायले गीत संगीत र साँस्कृतिक प्रस्तुतिहरु समेत दिने आयोजकले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
  • २०७४ पुष २६, १०: ०९

काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा...

काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
  • २०७४ पुष २६, १०: ०९

काठमाडौं : काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार को १...

मेरो सभापति पद अहँकारको  श्रीपेच होइन : सभापति थापा
मेरो सभापति पद अहँकारको श्रीपेच होइन : सभापति थापा
  • २०७४ पुष २६, १०: ०९

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...