कर्मचारीलाइ तलव नदिने यी ठुला अस्पताल-१ – Naya Bikalpa
September 8, 2026, Tuesday      Epaper

कर्मचारीलाइ तलव नदिने यी ठुला अस्पताल-१


नयाँ विकल्प,


काठमाडौं– एउटा चर्चित उखान छ ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ ! अर्थात लटरम्म फलेका पाकेका वेलसंग कागलाई कुनै मतलव छैन । ति वेलले कागलाई कुनै खुसी दिदैन ।


यो उखानको अर्थ के हो भने पाकेको वेलको वाहिरी भाग यति कडा हुन्छ कि कागले चाहेर पनि फोडन सक्तैन र भित्र रहेको फल खान पाउँदैन ।


माथी उल्लेख गरिएको उखान र नेपालका केही ठुला अस्पतालको संगती ठयाक्कै मेल खान्छ । आफुलाई अन्तराष्ट्रिय गुणस्तर अनि सुविधा सम्पन्न दावी गर्ने ठुला अस्पतालमा सामान्य आर्थिक अवस्था भएका विरामीका लागि कागलाई बेल सरहनै छन् ।


हेरेर चित्ता बुझाउने बाहेक अरु उपाय छैन । कारण त्यहाा लिईने चर्को शुल्क समान्य आर्थिक अवस्था भएका विरामीको पहुँचमा छैन ।


यसलाई एक छिन ठिकै मानिए पनि हैसियत नभएकाले किन यति ठुलो अस्पताल ताक्नु ? सरकारी वीर अस्पताल, पाटन, गंगालाल, त्रिवि शिक्षण अस्पताल र उपत्यका बाहिर थोरै भएपनि सरकारी अस्पताल छन, तिनैमा उपचार गरौं नभए भगवान भरोसा !


ठुला अस्पतालको वास्तविकता

कोरोना भाइरस ( कोभिड १९) को रोकथाम र नियन्त्रणको लागि पहिलो पंतिmमा खटिने डाक्टर÷नर्सलाई सरकारले तलबबाहेक सत प्रतिशत भत्ता दिने निर्णय गरेको छ ।


तर नेपालमा आफुलाई अन्तराष्ट्रिय अस्पताको दावी गर्ने ठुला अस्पतालले २४ घन्टादेखि जोखिम मोलेर काम गरेका डाक्टर, नर्स तथा अन्य कर्मचारीलाई समेत तलव दिन छाडेका छन ।
नेपालका नाम चलेका अस्पतालहरु ग्राण्डी, मेडिसिटी, नोवेल, चितवन मेडिकल कलेजलगायत अधिकांस अस्पतालले लक डाउनको बहाना बनाए तलब दिन छाडेका छन् ।


नेपाल नर्सिङ संघका अनुसार नेपालका अधिकांश निजी अस्पताल र केही सरकारी अस्पतालमा समेत समयमा तलब नदिएको र जबर्जजस्ती छुट्टिमा राखेको मौखिक गुनासो आएको छ ।
समितिमार्फत संचालित केही सरकारी अस्पतालमा समेत समयमा तलब नपाएको गुनासो आएपछि अनुगमनको लागि ५ सदस्यीय अनुगमन समिति गठन गरिएको नेपाल नर्सिङ संघले जनाएको छ ।


नेपाल नर्सिङ संघका बरिष्ठ उपाध्यक्ष रमेश सुब्बाको संयजकत्वमा गठित समितिले स्थलगत रुपमा अनुगमनको काम गरिरहेको छ ।


नयाँ विकल्प को स्थलगत रिपोर्टिङमा नेपालको सबै भन्दा ठुलो र सुविधासम्पन्न भनिने ग्राण्डी अस्पतालका कुनैपनि कर्मचारीले गत जेठदेखि तलब पाएका छैनन् ।
गाण्डी अस्पताल धापासीमा कार्यरत एक कर्मचारीका अनुसार कोरोना संक्रमण शुरु भएको पहिलो महिनामा तलब पाए पनि दोस्रो महिनाबाट तलब दिइएको छैन ।

थापाथलीस्थित नर्भिक अस्पताल र भंैसेपाटीस्थित मेडिसिटी अस्पतालले समेत चिकित्सक र नर्सलाई तलब दिएका छैनन । बसुन्धरास्थित चिरायु अस्पतालले लकडाउन शुरु भएको चैत महिनाको तलब अहिलेसम्म दिएको छैन ।


उपत्यकाबाहिर आफुलाई ठुलो अस्पताल दावी गर्ने भारतपुरस्थित चितवन मेडिकल कलेज र विराटनगरस्थित नोवेल अस्पातल तथा विराट मेडिकल कलेजले कतिपय कर्मचारी निश्कासन गरेको र केहीलाई छुट्टिमा बस्न दवाब दिएको छ ।

नेपाल नर्सिङ संघले कोरोना संक्रमणको बहानामा पहिलो पंतिmमा खटिएर काम गरेका नर्स तथा अस्पतालका कर्मचारीलाई यथासक्य छिटो लबव दिन र छुट्टिमा राखिएका कर्मचारीलाई सहज रुपमा काममा फर्किने वातावरण बनाउन माग गरेको छ ।


नेपाल नर्सिङ संघकी अध्यक्ष मन कुमारी राईले अधिकांश निजी अस्पतालमा समयमा तवब नपाएको फोर्स लिभमा राखेका मौखिक गुनासो आएको बताईन ।


“हामीले सत्य तथ्य बुझ्न समिति पनि गठन गरेका छाै । स्थलगत रुपमा अनुगममनको काम पनि भैरहेको छ । सरोकारबाला निकायले समयमै समस्या समाधान गरेन भने हामी कर्मचारीको हक हितका लागि जस्तो सुकै कदम चाल्न पनि तयार हुने छौ”राइले भनिन् ।


अधिकांश निजी अस्पतालका कर्मचारीले लकडाउनको समयमा पनि पहिलेको तुलनामा बढी काम जोखिम मोलेर गर्नु परेको छ । संक्रमणको सवैभन्दा बढी जोखिममा रहेको तिनै कर्मचारी तलबै नपाउनु र विनाकारण कामबाट छुट्टिमा राख्ने अस्पतालले विरामीको उपचारमा पनि जिम्मेवार नबनेको गुनासो बढेको छ ।


कतिपय अस्पतालले विरामीको उपचार नगरी अस्पताल नै बन्द गर्ने गरेका कारण विरामीले सहज उपचार समेत गर्न पाएनन् ।

सम्बन्धित समाचार

बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
  • २०७७ श्रावण ७, १३: ४२

काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...

भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
  • २०७७ श्रावण ७, १३: ४२

काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
  • २०७७ श्रावण ७, १३: ४२

काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...