निःशुल्क शिक्षा नीति कार्यान्वयन होस्, लगानी पनि बढोस्ः कांग्रेस नेता महर – Naya Bikalpa
June 25, 2026, Thursday      Epaper

निःशुल्क शिक्षा नीति कार्यान्वयन होस्, लगानी पनि बढोस्ः कांग्रेस नेता महर

काठमाडौं। संविधान र ऐनमा व्यवस्था भएको अनिवार्य र निःशुल्क शिक्षा नीति कार्यान्वयन गर्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकारसँग आग्रह गरेका छन्।

राष्ट्रिय शिक्षा दिवसको अवसरमा काठमाडौंको बानेश्वरमा सरोकारवालाबीचको छलफलमा महरले संविधान र ऐनलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा सरकार गम्भीर र जिम्मेवार बन्नुपर्ने धारणा राखेका हुन्।

उनले सदनमा थन्किएर बसेको शिक्षा विधेयक पारित हुन नसक्नु दुर्भाग्य भएको बताए।

‘संविधानको धारा ३१ मा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक, उपधारा (३)मा अपांगता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई निःशुल्क उच्च शिक्षा पाउने हक र उपधारा ४ मा दृष्टिविहीन नागरिकलाई ब्रेललिपि तथा बहिरा र स्वर वा बोलाइ सम्बन्धी सांकेतिक भाषाको माध्यमबाट निःशुल्क शिक्षा पाउने हक छ’ महरले भने ‘यसलाई कार्यान्वयन गर्न चाँडो ऐन ल्याउनु पर्छ।’

निशुल्क शिक्षा सम्वन्धी हक जस्तो संवैधानिक व्यवस्था कार्यान्वयन गर्न २०७५ मा संघीय संसद्ले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन बनाएकोले यसको चाँडो कार्यान्वयन हुनु पर्नेमा उनले जोड दिए।

उनले ऐनको दफा २ (क)मा समेत अनिवार्य शिक्षा बाध्यकारी भएको उल्लेख गर्दै शिक्षा क्षेत्रमा लगानी बढाउन पनि आग्रह गरेका छन्। शिक्षा क्षेत्रमा लगानी नबढाउँदासम्म गुणस्तर बढ्न नसक्ने उनको तर्क छ।

शिक्षा क्षेत्र देशको जनशक्ति निर्माणको मेरुदण्ड भएकाले सरकारको प्राथमिकतामा पर्नुपर्ने भन्दै उनले शिक्षालाई प्रविधिमैत्री बनाउन र विश्वस्तरमा प्रतिस्पर्धा गर्नसक्ने सक्षम नागरिक उत्पादन गर्न शिक्षा क्षेत्रमा धेरै परिवर्तन आवश्यक रहेको बताए।

सर्वसुलभ र गुणस्तरीय शिक्षाले गरिबी निवारण, पिछडिएको क्षेत्रको सशक्तीकरण, समान अवसरको सृजना, देश विकासका संरचना, विज्ञान–प्रविधि र श्रम बजारलाई चाहिने जनशक्ति निर्माण गर्ने थलो भएकाले यसको विकासमा गम्भीर बन्न उनले आग्रह गरे।

अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ जारी भएको दिनलाई आधार मानेर नेपालमा असोज २ गतेलाई शिक्षा दिवस मनाउन मनाउँदै आइएको छ।

सम्बन्धित समाचार

क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
  • २०८१ आश्विन ३, १७: २५

धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...

नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
  • २०८१ आश्विन ३, १७: २५

काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...

रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
  • २०८१ आश्विन ३, १७: २५

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...