
पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवी लामिछानेलाई बयानका लागि सरकारी वकिलको कार्यालय कास्कीमा उपस्थित गराइएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार बयानका लागि लामिछानेलाई सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको हो।
लामिछाने कात्तिक २ गते रास्वपा पार्टी मुख्यालय वनस्थलीबाट पक्राउ परेका थिए। कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासलले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।
उनीविरुद्ध सूर्यदर्शन सहकारी संस्था पोखराका संस्थापक अध्यक्ष जीबी (गितेन्द्रबहादुर)राईसँग मिलेर सहकारीको रकम अपचलन गरेको आरोप छ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...