
भैरहवा। सहकारी ठगीको आरोपमा पक्राउ परेका गोरखा मिडिया प्रालिका तत्कालिन संचालक तथा पूर्वप्रहरी नायव महानिरिक्षक (डीआईजी) छविलाल जोशीसँग मंगलबार जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले बयान लिइएको छ।
रुपन्देहीको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत भएको अपचलनमा पूर्वडिआईजी जोशी पनि संलग्न रहेको भन्दै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका प्रमुख प्रेमराज पौडेलको रोहवरमा बयान लिएको हो।
सोमबार रुपन्देही ल्याई प्रारम्भिक सोधपुछ भएको थियो भने मंगलबार विहान ११ बजे देखि साढे ६ बजे सम्म बयान लिएको थियो।
सहकारी ठगी मुद्दामा ५७ वटा सवाल जवाफ गरि सरकारी कार्यालयबाट फिर्ता लगिएको जिल्ला न्यायधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए।
‘मुलुकी फौजदारी कार्यविधी संहिताको दफा ३१ ले प्रहरीले अनुसन्धान गरेपछि प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाउछ त्यो अनुसन्धान पुरा भएको नदेखिएको अवस्थामा थप अनुसन्धान गर्नु परेमा वा मुद्धाको बीचमा थप वयान लिनुपर्ने देखिएकोमा थप वयान लिन सक्ने व्यवस्था छ। त्यो कानुन टेकेर हामीले अवस्था हेरेर वयान लिन पनि सकिने उनले भने ।
सोमबार नै बयान नसकिएकोले उनलाइ जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखिएको थियो, उनलाई बुधबार विमान मार्फत पोखरा पठाइने जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जानकारी दिएको छ ।
‘मंगलबार अहिलेको प्रयोजनको लागि रुपन्देहीको वयान सकिएको छ । थुनुवा फिर्ता भयो । प्रहरीले कहाँ कहा अनुसन्धान गरिरहेको छ त्यही पठाउछ ।’ जिल्ला न्यायधिवक्ता पौडेलले भने ।
‘जिल्लामा भएको जहेरीको आधारमा र संसदीय समितिको प्रतिवेदनको आधारमा उनलाई रुपन्देही ल्याइएको हो । को को लाई ल्याउनु पर्छ भन्ने बारेमा प्रहरीको अनुसन्धानबाट थाहा हुन्छ ।’ जिल्ला न्यायधिवक्ता पौडेलले भने ।
सामान्य अवस्थामा सहज रुपमा सवाल जवाफ भएको छ । हामीले वयान भन्दा अगावै सवाल जवाफ गर्न सक्ने अवस्थामा छन कि छैनन भनेर सोधेपछि मात्रै दिन सक्ने भने पछि वयान लिइएको थियो । इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी विजयराज पण्डित, अनुसन्धान अधिकृतहरू यमलाल बन्जाडेसहित प्रहरीहरूले जोशीको बयान लिइएको हो । अनुसन्धान र गोपनियताको विषय भएकोले जीबी राई, रवि लामिछानेको विषयबारे कार्यालयले भने केही सार्वजनिक गरेको छैन ।
सहकारी पिडितले गरे प्रदर्शन
सहकारी ठगी आरोपमा पक्राउ परेका छविलाल जोशीलाइ बयानको लागि रूपन्देही ल्याउदा सहकारी पीडितहरुले केही बेर प्रदर्शन गरे।
जोशीलाई सरकारी वकिल कार्यालय, रुपन्देहीमा ल्याएको थाहा पाएपछि पीडितहरुले शिघ्र कार्यवाहीको माग राख्दै रुपन्देही जिल्ला अदालत अगाडि प्रदर्शन गरेका हुन्।
अनुसन्धान प्रकृया चलेको २ वर्ष बढी समय भए पनि अहिलेसम्म आफुहरुले गुमाएको रकम पाउन नसकेको भन्दै पीडितहरु आक्रोशित भएका थिए।
मुख्य अभियुक्त भनिएका जीबी राइ, सुप्रीम सहकारीका तत्कालिन ब्यवस्थापक लगायतलाइ पक्राउ गर्न नसेकोकोले उनीहरुलाई पनि पक्राउ गरि कार्यवाहीको माग गरेका छन्।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...