
दाङ। दाङको भालुवाङस्थित ज्वालामाई गण अघि राखिएको पिङ खेल्न गएका दुई बालिका बलात्कार गरेको भन्दै सशस्त्र प्रहरीका दुई सहायक हवल्दार पक्राउ परेका छन्।
पक्राउ पर्नेमा २९ नम्बर ज्वालामाई गणमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार भरत रोका मगर र रेवन पचभैया मगर रहेका छन्।
उनीहरूले गत असोज २४ गते सशस्त्रको गण बाहिर पिङ हालेको स्थानमा लगेर ८ वर्षीया र १४ वर्षीया बालिकालाई बलात्कार गरेका थिए।
सशस्त्र प्रहरीका कर्मचारीहरुले बलात्कार गरेको थाह पाएपछि स्थानीयले दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दा समेत स्थानीय प्रहरीले कुनै चासो नदेखाएपछि बुधबार स्थानीयले गणलाई घेराउ गरेका थिए।
उनीहरुले बालिका बलात्कारका आरोपी पक्राउ नगरेको भन्दै भालुबाङ बजार र पूर्व –पश्चिम लोकमाग बन्द गराएका थिए।
स्थानीयले राष्ट्रिय राजमार्ग बन्द गरेपछि मात्रै शसस्त्र प्रहरीले आफ्ना दुई आरोपीलाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको थियो।
सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले घटनाबारे थप अनुसन्धान शुरु भएको जनाए। बलात्कारीलाई नियन्त्रणमा लिन समेत राष्ट्रिय राजमार्ग बन्द गर्नु परेको अवस्था बिडम्बनापूर्ण भएको भन्दै स्थानीयले सशस्त्र प्रहरीको चर्का आलोचना गरेका छन्।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...