
काठमाडौं। डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने ४९ उद्योगमध्ये ३४ वटाको लाइन नेपाल विद्युत् प्राधिकरणले विहीबार राति ८ बजे काटेको छ।
नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाईनबाट विद्युत सुविधा लिएका ४९ उद्योगलाई १५ दिन भित्र किस्ताबन्दी वा पुरै बक्यौता तीर्न भन्दै गत असोज २४ गते सार्वजनिक सूचना जारी गरेको थियो।
सूचना बमोजिम ८ वटा उद्योगले मात्र बक्यौता किस्ताबन्दीमा तीर्न तयार भए भने सात उद्योगले प्राधिकरणविरुद्ध मुद्धा दायर गरेको हुनाले १५ उद्योगको भने लाईन काटिएको छैन।
प्राधिकरणले गएको डेडिकेटेड तथा ट्रंकलाइनवापतको बक्यौता बुझाउन दिएको १५ दिने म्याद विहीबार कात्तिक ८ गते सकिएपछि लाइन काट्न थालिएको प्राधिकारणले जनाएको छ।
घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, सोनापुर सिमेन्ट, कसमस सिमेन्ट, घराना फुड्स, एसआर फुड्स, श्याम प्लास्टिक, गोयन्का फुड्स, भलवारी चामल उद्योग र बाबा जुट मिललगायतको लाइन काटिएको व्यापारीहरुले जनाएका छन्।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार साँझ उर्जामन्त्री दिपक खड्कासँग भेटेर लाइन नकाट्ने हो भने मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने बताएका थिए।
मन्त्रिपरिषद् बैठकमा कुनै निर्णय गराउन उर्जामन्त्री खड्काले नसकेपछि मन्त्रिपरिषद् बैठक सम्पन्न हुनासाथ घिसिङ प्राधिकरण गएर ती उद्योगको लाईन काट्न आफै निर्देशन दिएर राति १० बजेसम्म बसेका थिए।
उद्योगीहरुले प्राधिकरणले विद्युत प्रयोगको प्रमाण नदिएको भन्दै बक्यौता नतिर्ने अडान लिएका थिए। तर घिसिङले मानेका छैनन्। मन्त्री खड्काले ‘सम्भव भएसम्म क्याबिनेटबाट निर्णय गराई ती उद्योगको लाईन नकाट्ने वातावरण बनाउँछु तर निर्णय भएन भने पनि लाईन चाहीँ नकाट्नु होला’भनी दिएको निर्देशनलाई घिसिङले टेरपुच्छर नलगाई धमाधम लाईन काट्न निर्देशन दिएका थिए।
प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनवापतको बक्यौता बुझाउन सूचना दिएकामध्ये दुई वटा उदयपुर सिमेन्ट उद्योग र हेटौंडा सिमेन्ट उद्योगको भने किस्ताबन्दीमा बक्यौता तिर्ने सर्तमा लाईन नकाटिएको बुझिएको छ। दुबै उद्योग सरकारी संस्थान हुन्।

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...