इजरायल सरकारद्धारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

इजरायल सरकारद्धारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

नयाँ विकल्प,

काठमाडौं – कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि इजरायलबाट पठाइएको भेन्टिलेटरसहितका अत्यावश्यक स्वास्थ्य सामग्री तथा उपकरण नेपाल आइपुगेको छ।

नेपाल वायुसेवाको चार्टड उडानमार्फत् उक्त सामग्री बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो।

नेपालका लागि इजरायली राजदूत हनान गोडेरसहितको टोलीले उक्त सामग्री परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरेलाई हस्तान्तरण गरेका छन्।

‘नेपाललाई कोरोना महामारीविरूद्ध लड्नका लागि चिकित्सा उपकरण र आपूर्तिमा सहयोग पुर्याउनु भएकोमा हामी इजरायल सरकार र त्यहाँका जनता साथै इजरायलमा बसोबास गरिरहेका नेपाली समुदायलाई धन्यवाद दिन्छौं। यो सामग्री आज काठमाडौंमा प्राप्त भयो,’ परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जालमा उल्लेख छ ।

भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, आईसीयूसँग सम्बन्धित उपकरण, औषधि, पीपीई, थर्मल गन, मास्कलगायतका कोरोनाको उपचारसँग सम्बन्धित सामग्रीहरु इजरायल सरकारले दिएको हो।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७८ असार २४, १९: ४०

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
गाईघाटमा तीनदिने निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
  • २०७८ असार २४, १९: ४०

उदयपुर — त्रियुगा नगरपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा तीनदिने बृहत् निःशुल्क आँखा जाँच शिविर सञ्चालन...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ असार २४, १९: ४०

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...