
कोरोनाको तेस्रोलहर धमाधम बढिरहेको छ पूर्व तयारी नभएको भन्दै विभिन्न स्वास्थ्यसँग सम्बन्धीत व्यत्तिहरुले भनिरहँदा पनि सरकारले खोपको व्यवस्थापन गर्न सकिरहेको छैन । यिनै विषयमा केन्द्रित भएर इपिडीमिलोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनीसँग हाम्रा विषेश संवाददाताले गरेको कुराकानीको सम्पादित अंशः
कोरोना संक्रमणको कुरा गर्दा देशमा डर लाग्दो संकेत देखियो नि हामी कहाँनिर चुक्यौ, तपाई के भन्नुहुन्छ ?
हामीले स्पष्ट रुपमा पहिलेदेखि नै भन्दै आइरहेका छाँै कि भारतसँग जोडिएका ठुला सिमा नाकाहरुको निगरानी बढाउनुपर्छ । त्यहाँबाट दुइ वटा कोरोनाको खोप लगाएको, पिसिआरद्वारा नेगेटिभ भएको मानिस बाहेक अरु चाहे नेपाली हुन् चाहे विदेशी हुन् तिनिहरुलाई नेपाल भित्र आउन दिनु हुँदैन । कोहि नेपाली नेपाल आउनै पर्यो भने उहाँहरुलाई खोप नलगाएको पिसिआरको रिपोर्ट नभएकाहरुलाई दश देखि चौध दिनसम्म क्वारेन्टाइनमा राखेर मात्रै छोड्ने गर्नु पथ्र्यो । त्यसो नगरेको कारणले ठुलो प्रकोपको जोखिममा हामी छाँै । देशभित्र पनि निगरानीको प्रणाली लागु गर्नु पर्यो भनेर मैले बारम्बार भन्दै आइरहेको छु । तुरुन्तै निगरानीको प्रणाली लागु गरेन भने कुनै पनि बेला कहाँ के भयो भन्ने थाहा नै हुँदैन ।
राजनैतिक पार्टीहरुको अधिवेशन र राष्ट्रिय सम्मेलनको भिडभाडले पनि कोरोना संक्रमणको दर बढेको हो त ?
चार वटा पार्टीको ठूलाठूला राष्ट्रिय सम्मेलन भयो । त्यसमा आउने सबै प्रतिनिधिहरुको पीसिआर टेष्ट गरर नेगेटिभ भएका प्रतिनिधिहरुलाई मात्र भाग लिन दिने र अरुलाई कुनै भर्चुअल माध्यमबाट हेर्ने र भाग लिने अवसर दिएको भए कोरोना संक्रमणको दर केहि हदसम्म रोकिन सक्थ्यो हाेला । उहाँहरुले त्यति पनि गर्नु भएन । देशभरको वडाहरूबाट मान्छेहरु काठमाण्डौ र चितवनमा भित्र्याइयो त्यहाबाट कोरोना संक्रमण चारै तिर फैलियो । यसरि हेर्दा राजनीतिक दलहरूका राष्ट्रिय सम्मेलनहरू काेराेना संक्रमण फैलाउने कारखाना जस्ताे देखियाे । काेराेना सम्बन्धी दलहरू सचेत देखिएनन् ।
त्यसाे भए कोरोना नियन्त्रणमा सरकार असफल भयो भन्न खोज्नु भएको हो त ?
यो त तथ्यांकले बताउछ नि, तथ्यांक आफै बोल्छ । हामीले केहि भन्नै पर्दैन । विगतका साताहरूमा मन्त्रालयकाे तथ्यांक हेर्नुहाेस् ।
अझै पनि कोरोनाभाइरसकाे संक्रमण नियन्त्रण गर्न के-के गर्न सकिन्छ, के के गर्नु पर्ला त ?
यसमा सबैभन्दा ठुलो भुल सबैभन्दा गलत काम के भयो भने खोप ल्याएर स्टोरमा थन्काइयो तर मानिसहरुलाई लगाइएन । आज आएको खोप सात दिन भित्र सकाउने योजना बनाउनु पथ्र्यो । खोपको सबै काम स्वास्थ्य मन्त्रालयले केन्द्रीकरण गरेको रैछ । ऐनमा नै त्यस्तै लेखेको रैछ । नगरपालिका र प्रदेश सरकारलाई कोरोना नियन्त्रणमा शुन्य काम बराबरको अधिकार रैछ । केन्द्रीकरणको भुत जागेको छ । संघीयतामा गएपछि व्यापक रुपमा विकेन्द्रिकरण भयो । अधिकारहरु गाउँ गाउँमा गयो । व
डा कार्यालय देखि नगरपालिका कार्यालयसम्म जादा सबै आधार भूत स्वास्थ्य सम्बन्धी अधिकार नगरपालिकालाई दिएको छ । तर त्यहाँ त्यो अधिकार सबै थुतेर ल्याएर मन्त्रालयले आफुले राखेको रैछ । त्यो अधिकार उहाँहरुले लेखेर दिन पनि सकिन्छ । यो काम तपाईहरु गर्नुहोस् भनेर तुरुन्त लेखेर दिएको भएपनि हुन्थ्यो त्यो पनि उहाँहरुले गर्नुभएन । केन्द्रिकरणलाई तत्कालै हटाएर स्थानिय तहलाई पनि कोरोना नियन्त्रणमा भुमिका खोजिनुपर्छ । खोपलाई अभियानको रुपमा देशभरी गाउँ गाउँमा लैजानुपर्छ । गाउँ गाउँमा पुग्नुपर्छ सरकार ।
दुई वटा खोप लगाएर मास्क अनिवार्य रुपमा प्रयोग गर्ने हो भने केहि हदसम्म संक्रमण हुन सक्ने सम्भावना कम हुन्छ । कतिपयले मास्क नलाएका कारणले दुई वटा खोप लगाएपनि संक्रमण भइराखेका छन् । त्यसकारणले मास्क अनिवार्यता गर्नुपर्यो । मास्क अनिवार्य गरेर मात्रै हुँदैन । जसरी हेलमेट नलगाइ हिड्नेलाई जरिवाना हुन्छ त्यसरी नै मास्क नलगाई हिड्नेलाई यति रुपैयाँ जरिवाना हुन्छ भन्ने व्यवस्था कानून मै हुनुपर्यो । यति गर्न सकियो भने मलाई लाग्छ कोरोनाको दर कम हुन्छ ।
[pullquote]मन्त्रीजी भन्नुहुन्छ भोली देखि फलानो फलानो ठाउमा खोप लाग्छ भनेर यस्तो झुटा कुरा गरेर जनमानसमा खोप कार्यक्रम प्रति नकारात्मक भावना बढेको हुन सक्छ । त्यस्तो महामारी भएको बेला कसरी काम गर्ने हो ? कर्मचारी सरुवा गर्ने, खोपको लागि काम अगाडी बढाउन नसक्ने, रोकथामका उपायहरुलाई प्रभावकारी किसिमले लागु गराउन नसक्ने हो भने त मन्त्रालयको एक प्रकारले उपयोगिता सकेको जस्तै देखिन्छ ।[/pullquote]
स्वास्थ्य मन्त्री विरोध खतिवडाले तत्कालै लकडाउन गर्ने पक्षमा सरकार छैन भनेर भन्नु भएको छ, देशको लागि लकडाउन आवश्यक छ कि नाई यहालाई के लाग्छ ?
यसरी नै तीव्र गतिमा संक्रमणको दर बढ्दै गयो भने लकडाउन गर्नुपर्ने अवस्था आउन पनि सक्छ । मैले लकडाउन हुँदै हुन्न त भन्न सक्दिन । उहाँले लकडाउन गर्दिन भन्नलाई त खोप लगाउन पथ्र्यो नि, खोप ल्याएर स्टोरमा राखेर थुपार्नु भयो । त्यहाँका कर्मचारी सरुवा गर्ने बाहेक कुनै पनि काम गर्नु भएन । भोली देखि खोप दिन्छाैँ भन्नुभयो खोप नै लगाएनन् । कति मान्छेहरु खोप केन्द्रमा गएर लाइनमा बस्दा बस्दा आजित भएका छन् । खोप लगाउनको लागि विहानदेखि लाइनमा बस्यो खोप छैन भन्छन् । मन्त्रीजी भन्नुहुन्छ भोली देखि फलानो फलानो ठाउमा खोप लाग्छ भनेर यस्तो झुटा कुरा गरेर जनमानसमा खोप कार्यक्रम प्रति नकारात्मक भावना बढेको हुन सक्छ । त्यस्तो महामारी भएको बेला कसरी काम गर्ने हो ? कर्मचारी सरुवा गर्ने, खोपको लागि काम अगाडी बढाउन नसक्ने, रोकथामका उपायहरुलाई प्रभावकारी किसिमले लागु गराउन नसक्ने हो भने त मन्त्रालयको एक प्रकारले उपयोगिता सकेको जस्तै देखिन्छ ।
त्यसो भए अहिलेको स्वास्थ्य मन्त्रालय र मन्त्रीको भुमिका कमजोर देखियो भन्न खोज्नु भएको हो त ?
हो, धेरै कमजोर देखिएको छ । खोप ल्याउने ठूलो कुरा हो । कतिपय अफ्रिकाका देशहरुमा खोप नै छैन । त्यत्रो खोप नेपालमा आएर स्टोरमा थुप्रेर बसेको छ । सबैभन्दा सजिलो, सबैभन्दा प्रभावकारी सबैभन्दा सस्तो रोग नियन्त्रणको कार्यक्रम भनेको खोप हो । खोप ल्याएर स्टोरमा थुपारेर राख्ने र लगाउन नसक्ने हो भने त्यसको कुनै उपयोगिता नै भएन नी । खोप नै लगाउन नसक्ने मन्त्रालय कस्तो मन्त्रालय हो भनेर जनताले खुलेआम भन्ने अवस्था आइसक्यो । खोप छ तर जनताले लगाउन पाइरहेका छैनन् । नागरिकहरु पनि सचेत हुनुपर्छ । सरकारको काम प्रभावकारी भएन त्यसकारण नागरिकले आफ्नो ज्यान आफै जोगाउनुपर्छ ।
हुलमुलमा ज्यान जोगाउन अनिकालमा विउ जोगाउनु भन्ने हाम्रो पुरानो उखान नै छ । त्यसो भएको हुनाले यसलाई सामान्य रुपमा लिएर मास्क नलगाई हिड्ने खोपका बारेमा अफवाहरुको पछाडी लाग्ने काम बन्द गरेर नागरिकहरुले दुई वटा खोप कसरी चाडो भन्दा चाडै लगाउन सकिन्छ भनेर खोप खोज्नुपर्यो, लगाउनु पर्यो र मास्क अनिवार्य रुपमा आफुले पनि लगाउने, परिवारका सदस्यहरुलाई पनि लगाउन उत्प्रेरित गर्ने र साथसाथै समुदायका मानिसहरुलाई पनि खोप लगाएर हिड्नुपर्छ नत्र अरुलाई सर्छ, अरुको ज्यान खतरामा पर्छ भनेर बताउदै हिड्ने हो भने नागरिकहरुको भुमिका सकारात्मक हुन सक्छ र यसले ठुलो योगदान दिन सक्छ ।
अहिले काेराेनाकाे ओमिक्रोन भेरियन्ट विभिन्न देशमा फैलिएकाे छ । यसको कुरा गर्दा यसबाट हामीलाई कति खतरा छ र हामी आत्तिनु पर्छ कि पर्दैन, तपाई के भन्नुहुन्छ ?
यो ओमिक्रोन होकी डेल्टा भेरियन्ट हो भनेर न स्वास्थ्य सेवा विभागले भन्छ । एउटा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला छ । यसले तीन दिन भित्रको नमुनामा यस्तो देखियो है भनेर पनि भन्दैन । स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभाग निदाएर बसेको जस्तो छ । हरेक कुरामा पन्छिएर बस्नु भन्दा पनि सक्रिय किसिमले अगाडी आएर के कसरी यसलाई नियन्त्रण गर्न सकिन्छ ? यसलाई अस्पताल चिकित्सकहरुले कसरी उपचार गर्न सक्छन् भनेरपनि हेर्नुपर्ने हुन्छ ।
ओमिक्रोनको अहिलेसम्मको अध्ययनले के देखाउछ भने यसले छातीको निमुनिया नगराउने भन्छ । कोरोना भाइरबाट मृत्यू हुने प्रमुख कारण मध्ये छातीको निमुनिया हो । यसले दुई वटै फोक्सोको निमुनिया गराएपछि मानिसहरुलाई बाच्न चाही गाह्रो हुन्छ । ओमिक्रोनमा निमुनिया हुने प्रभाव कम छ । यसले चाही निमुनिया एकदमै कम गराउछ तर धेरै व्यापक रुपमा धेरै मानिसहरुको भिडभाड हुनसक्ने सम्भावना अहिलेको अध्ययनले देखाएको छ । भित्र भित्र डेल्टा भेरियन्ट जपनि फैलिराखेको र त्यसले गर्दाखेरी अस्पतालको आइ.सि.यू. मा, भेन्टिलेटरमा राख्नेहरुको संख्या पनि केहि वृद्धि भएको देखिएको छ । त्यसकारण डेल्टा भेरियन्ट र ओमिक्रोन दुई वटै एकै चोटी पैmलिएको पनि हुन सक्छ ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलाे महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । रास्वपाकाे निर्वाचन...
धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...