
पुरञ्जन आचार्य–राजनीतिक विश्लेषक
२०४६ सालको जनआन्दोलनपछि नेपालमा बहुदलीय व्यवस्था पुनःस्थापित भए पश्चात् निकै लामो समय काँग्रेसले सत्ता सञ्चालन ग¥यो ।
तत्कालीन राज्य सञ्चालनदेखि अहिलेसम्मको राजनीतिक परिवर्तनलाई निकै नजिकबाट नियालिरहेका नेपालका राजनीतिक विश्लेषक पुरञ्जन आचार्यसँग नयाँ विकल्प साप्ताहिकका लागि पत्रकार ऋषि धमलाले गरेका कुराकानीको सम्पादीत अंशः
पछिल्लो समय देशको राजनीतिक अवस्था हेर्दा द्वन्द्व बढेको जस्तो देखिन्छ नि ?
मान्छे द्वन्द्व मै बस्न रुचाउने स्वभाविक प्रक्रिया हो । मानिस महत्वकांक्षी हुन्छ । सबैको महत्वकांक्षाहरुलाई मिट गर्दैन । यदि एउटाले अवसर पाउँछ अर्कोले अवसर पाउँदैन । जसले ठुलो पद प्रतिष्ठा पाउँछ सँगैको साथी पछाडि पर्छ ।
पछाडी पर्नेले अगाडि पर्नेलाई खुट्टा तान्ने प्रवृत्ति अलिअलि नेपाली प्रवृत्ति पनि हो । त्यसकारणले यो निरन्तर चलिरहन्छ । यो मानव सक्रियताको प्रक्रिया हो । त्यसकारणले नेपाली काँग्रेस पार्टीभित्र पनि यो सभ्यता छ । नेकपा पार्टी वा अन्य कुनै दलहरुसँग पनि त्यो छ । त्यसकारण पार्टी–पार्टीबीच नेता–नेताबीच र व्यक्ति–व्यक्तिबीच द्वन्द्व, विवाद, झगडा हुनु भनेको स्वभाविक कुरा हो ।
नेकपा पार्टीका शीर्ष नेता केपी शर्मा ओली र माधव कुमार नेपालको चर्काचर्कीलाई यहाँले कसरी लिनुभएको छ ?
यो चर्काचर्की नेपालको असभ्य राजनीतिको एउटा बिम्ब पनि हो । नेपालको कम्युनिष्ट आन्दोलन, कम्युनिष्ट राजनीतिको एउटा ठट्टा कम्पनी गर्ने बनेको हो कि भन्ने लाग्छ । प्रधानमन्त्री जस्तो पदमा बस्ने मान्छेले तेरो शुभकामना चाहिदैन भन्ने त्यो प्रधानमन्त्री खड्ग ओलीको मुख्य जवाफको बारेमा टिकाटिप्पणी नगरे पनि हुन्छ । उहाँसँग त्यस्तै खालका धेरै तर्क–कुतर्कहरु छन् । राजनीतिमा सुरक्षा र असुरक्षाको कुरा हुन्छ ।
माधव कुमार नेपालले आफ्नै पार्टीभित्र आफुलाई असुरक्षित ठान्नुहुन्छ । प्रधानमन्त्री तथा नेकपा पार्टी अध्यक्ष खड्ग प्रसाद ओलीले वामदेव गौतमलाई, ईश्वर पोखरेललाई आफ्नो पोल्टामा ल्याउनु भएको छ । माधव कुमार नेपाल एकलकाटे जस्तो देखिनु भएको छ । त्यसले गर्दा उहाँको गुट पनि विस्तारै कमजोर हुँदै गइरहेको छ । मलाई पेल्यो अब मैले नेतृत्व लिन सक्दिन भन्ने भावना पनि देखिन्छ । त्यसले गर्दाखेरी नेताहरुको बीचमा तनाव छ । एकले अर्कोलाई आरोप–प्रत्यारोप लगाउने प्रक्रिया चलिरहेको छ ।
प्रधानमन्त्री खड्ग प्रसाद ओलीको स्वास्थ अवस्था ठिक छैन उहाँ चाँहि विदेश उपचारको लागि जाने आउने क्रम चलिरहेको छ । माधव कुमार नेपालले कुरा राख्नु भयो होला मलाई पार्टी अध्यक्ष दिनुपर्छ भनेर, म नेतृत्व गर्न सक्छु । म नै हो वरिष्ठ भन्ने पनि लाग्न सक्छ । वरिष्ठबाट पनि उहाँको पद खोसियो । झलनाथ खनाललाई लगेर वरिष्ठ नं. ३ दिइएको छ । सबैतिरबाट खेदिएको सबैतिरबाट लखेटिएको हिजोका दिनमा पार्टी अध्यक्ष भएर लामो समयसम्म चलाएको मान्छेको आज चाँहि पार्टीमा विस्तारै हैसियत कमजोर हुुँदै गइरहेको अवस्था माधव कुमार नेपालको छ ।
तर तत्कालीन अवस्थामा माधव कुमार नेपाल महासचिव हुनुभएको हो, पार्टी अध्यक्ष चाँहि हुनुभएको छैन नि ?
त्यतिबेला यउटा यस्तो स्टेज थियो, त्यसबेला कम्युनिष्ट पार्टीको महासचिव नै ठुलो हुन्थ्यो । उहाँ कम्युनिष्ट पार्टीको महासचिव नै बन्नुभयो । पछिल्लो स्टेजमा कम्युनिष्ट पार्टीको विधान परिवर्तन गरेर अध्यक्ष प्रणालीमा लिएर गएपछि स्वभाविक हो, उहाँलाई अध्यक्ष बन्न पनि रहर लाग्ला । मदन भण्डारी पनि अध्यक्ष कहाँ भए र ? मदन भण्डारी पनि पार्टीको महासचिव भएर बिते उनको किर्तिमान अहिलेसम्म पनि झझल्कोमा नै छ । त्यसकारणले कुन पद कसले लियो कसले लिन पाएन भनेर झगडा गरेर बसे भइहाल्यो ।
उसोभए तपाईको विचारमा के.पी शर्मा ओली र माधव कुमार नेपालको पदीय झगडा साम्य भएर जालाकी झन् चर्किएला ?
यसमा वरिष्ठ नेताहरुकै भुमिका छ । यस्तै रहि रह्यो भने त झन् चर्किएर नै जान्छ । उनीहरुले एकले अर्काको अस्तित्व स्वीकार्ने भए भने चाँही साम्य भएर जाला तर प्रधानमन्त्री खड्ग ओलीको मुड हेर्दाखेरी झगडा गर्ने खालको उहाँको जवाफ फर्काउने तरिका चाँहि मसँग जुहारी खेल्छस्, तलाई देखाइदिन्छु भन्ने खालको छ । प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग र आफ्नै पार्टीसँग पनि उहाँको बोली बचनहरु ठिक छैन, सभ्य छैन ।
त्यसलाई कुनै पनि किसिमले त्यो पदको गरिमा भन्न सुहाउँदैन । यस्तो असभ्यताको बीचमा चाँही अब भोली द्वन्द्वहरु चर्किएला वा कम होला भन्दा निश्चित रुपमा जो घरको मुली छ, उसैले द्वन्द्व चर्काउन लाग्छ भने चर्किन्छ । आफ्नो स्वास्थ्यको त्यो अवस्थामा पनि मान्छेमा एउटा सभ्यता आउँदैन भने के नै गर्न सकिन्छ र ? बोली बचनले त मान्छेले ठिक राख्ने होनी । प्रतिपक्षीसँग पनि उहाँको बोली बचन कर्कस नै छ । आफ्नै पार्टीका साथीहरुसँग पनि कर्कस नै छ । यो अहंकार, दम्भ उहाँको पदसँग सहाउँदैन ।
उहाँले यस्तो आफ्नो स्वास्थ्य अवस्था हुँदा पनि आफ्नै साथीसँग जाइ लाग्नुहुन्छ भने सामान्य अवस्थामा त झन् के गर्नुहुन्छ होला ? त्यसकारण यो द्वन्द्व कम हुँदैन भन्ने लाग्छ । नेपाली राजनीतिमा यो द्वन्द्व, झगडा र विवाद अझैपनि अगाडि बढेर जान्छ । तथापि अहिले चाँही के छ भने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष खड्ग प्रसाद ओली शक्तिशाली हुनुभएको छ ।
उहाँसँग दुई तिहाइको सरकार छ । पार्टीको सबै मान्छेलाई आफ्नो पोल्टामा ल्याउन सफल हुनुभएको छ । पचण्डदेखि लिएर झलनाथसम्म, झलनाथदेखि लिएर वामदेवसम्म र यसमा माधव नेपालको अनवन असहमति खासै केही माइन राख्दैन । खड्ग प्रसाद ओलीको स्वास्थ्यले साथ दिएसम्म उहाँले पेलेर नै जाने हो । त्यसकारणले झन द्वन्द्व नचर्किएला भन्न सकिन्न ।
नेपालको ठुला राजनीतिक दलहरुका ठुला नेताहरुबीच द्वन्द्व र विवाद बढ्दै गएको छ, पार्टीभित्रका नेताहरुमा यस्तो किसिमको तुष सँधै किन भइरहन्छ ?
नेताहरु केही काम गर्दैनन् । दसकदेखि पार्टीभित्र गुजुल्टीएर बसेका छन् । एक पल्ट देश चलायो, दुईपल्ट चलायो अनि रिटाएर भयो भन्ने छैन हाम्रो देशमा । तर अन्तर्राष्ट्रिय जगतका नेताहरु युनिभर्सिटिको प्रोफेसर हुन्छन्, वा खेतीपाती गरेर बस्छन् । बाराक ओबामाको कुरा गर्ने हो भने पनि उनी अहिले खेतीपाति नै गरेर बस्छन् । तर नेपालमा के छ भने भुपु प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरुको यति धेरै ताँती छ ।
यिनिहरुको व्यवस्थापननै देशको ठुलो समस्या भइसकेको छ । काम कुरा यिनिहरु केही जान्दैनन् । अनि सरकारबाट पाउने पद प्रतिष्ठा त्यसैमा यिनिहरु दिनरात आँखा गाडेर बस्छन् । त्यहाँ सबै पुग्न सक्दैनन्, त्यसै कारणले त्यहाँ झगडा त चलिरहन्छ, चाहे नेपाली काँग्रेसमा होस् । हामीले बनाएको सिस्टम नै यस्तो छ । कहिल्यै कोही रिटाएर हुनु नपर्ने, कहिल्यै कोही असफल हुनु नपर्ने । देश असफल हुने, पार्टी असफल हुने तर नेताहरु असफल नहुने ।
नेताहरु चाँहि दिनरात त्यही पार्टीभित्र बसेर खुट्टा तान्ने, अनि सरकारमा मन्त्री प्रधानमन्त्री हुन लडिरहने ? त्यसले गर्दा जुन हाम्रो विधि, प्रक्रिया छ, जुन ढंगको राजनीतिक प्रणाली छ, यो पूर्ण रुपमा दोषी छ, नेपालको नेताहरुको बीचमा झै–झगडा गराउनको लागि माधव कुमार नेपाल जहिले पनि प्रधानमन्त्री हुनको लागि लडिरहनुहुन्छ, प्रयत्न गरिरहनुहुन्छ ।
पार्टी सभापति शेरबहादुर देउवाको के छ भन्दा पार्टी असफल हुने, पार्टीको सिद्धान्त असफल हुने, तर उहाँ कहिल्यै पनि असफल नहुने । सम्पूर्ण सामुहिक रुपमा काँग्रेस असफल भयो । केन्द्रीय कार्य समितिले त्यही निर्णय ग¥यो । यस्तो सोंच, यस्तो चिन्तन भएको देशमा, देश एउटा विधि विधानबाट चल्छ । एउटा प्रक्रियाबाट चल्छ र मूल्य–मान्यता, पद्धति स्थापित हुन्छन् भन्ने कुराको सम्भावना अहिलेको सबै पार्टीको नेताहरुमा सोंच नै छैन । त्यसै कारणले यो द्वन्द्व चलिरहन्छ । पार्टीको आन्तरिक जीवनमा पनि द्वन्द्व चल्छ । नेताहरुको महत्वकाँक्षाको सिँढीमा पनि अनेक किसिमका खुट्टा तानातान हुन्छ ।
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संविधान दिवसको दिन प्रमुख अतिथीको लागि निमन्त्रणा दिनु भएको छ, मोदी आउने सम्भावना कतिको देख्नुहुन्छ ?
असम्भव भन्ने केही छैन । मोदीको नेपाल क्रेज बाँकी नै छ । नेपालसँग भएको नाकाबन्दीको बेलामा गरेको कोष करेक्सनमा भारत लागेकै छ । भारतमा अहिले जुन सरकार छ, जसको नेतृत्व नरेन्द्र मोदीले गर्नुभएको छ । दुवै देशको संस्कृति मिलेकै छ । मलाई के लाग्छ भने यदि नरेन्द्र मोदी आउनु भयो भने आश्चर्य नमाने हुन्छ ।
१६ वर्षसम्म भारतका प्रधानमन्त्री एउटा पनि नेपाल आएनन् । जुन बेलादेखि नरेन्द्र मोदी भारतको प्रधानमन्त्री हुनुभयो । त्यसपछि उहाँ ४ पटक नेपाल भ्रमण गरिसक्नुभएको छ । पाँचौं पटक पनि हुन्छ, कुनै नौलो कुरा होइन । अहिलेसम्म भारतले नेपालको संविधानलाई स्वागत गरेको छैन । उसले नोटिस मात्रै गरेको छ ।
खड्ग ओलीले भारतको प्रधानमन्त्री नरेन्द्र मोदीलाई संविधान दिवसको दिन नेपालमा बोलाएर टुडिखेलमा उभ्याउन सक्नुभयो भने सफलता नै मान्नुपर्छ । भारतले नेपालको संविधानलाई सम्बोधन गरेको पनि मानिन्छ । भारत ठुलो राष्ट्र हो । नेपालको ऐतिहासिक, राजनीतिक, सांस्कृति रुपले हामी समान पनि छौं । यो देशको प्रधानमन्त्री हाम्रो प्रधानमन्त्रीको निमन्त्रणामा नेपाल आउँछन् भने राम्रो कुरा हो ।
नेपालकै राजनीतिक दलहरु, नेताहरु स्वयम्ले पनि यो संविधानलाई राम्रोसँग बोकेका छैनन् । बनाउने बेलामा सबैले गणतन्त्र बनाए, संघीयता बनाए तर अहिले बनाइसकेपछि सबै आफ्नो आफ्नो ढंगले त्यसको छेउ किनारमा पुग्दै छन् ।
यो संविधानको अपनत्वको लागि यसको विस्तार गर्न पनि अन्तर्राष्ट्रिय पहिचान बनाउनको निम्ति भारतको प्रधानमन्त्रीको उपस्थिति धेरै नै राम्रो हुन्छ । त्यसकारण उहाँ आउनुहुन्छ कि, आउनुहुन्न हिजोको दिनमा मधेश आन्दोलनलाई भारतले जसरी उचाल्यो, उचालेको थियो, जुन ढंगले अहिलेको प्रधानमन्त्रीको राजदुत हुँदा विदेश सचिव भएर आउनु भएको थियो, संविधान जारी गर्न रोक्नको लागि त्यो सबै पृष्ठभुमी हेर्दाखेरी हाम्रो संविधान भारतले अस्वीकार गरेको देखिन्छ ।
भारतीय प्रधानमन्त्री आउँछन् भने त्यो भारतीय प्रधानमन्त्रीको महानता हो । त्यसलाइृ हामी सबै नेपालीले स्वागत गर्नुपर्छ । नेपालको प्रधानमन्त्रीले निम्तो दिएर बोलाएको हुँदा नेपालले पनि आफुले गरेका कयौं भारत विरोधी गतिविधिहरुको ठिक कोर्ष करेक्सन पनि हो । यसले दुई देशको बीचको सम्बन्धलाई नयाँ आयाम दिन्छ । मेरो विचारमा चाँहि नेपालको र भारतको सम्बन्ध राम्रो भएर नै दुवै देशको आर्थिक प्रगति, उन्नति र सामाजिक सौर्हार्यता बढ्दो छ । यो ठिक कदम चालिएको छ ।
Un análisis de Art Casino desde la experiencia: registro, juego, pagos y regulación. Lo bueno, lo malo y la visión...
Jak hrát v Mostbet online casino a minimalizovat riziko? Online kasino Mostbet nabízí širokou škálu her a příležitostí pro výhru,...
Erfahrungsbericht zu Bahigo. Wir schauen uns die Boni, das Spielangebot und die rechtliche Lage in der Schweiz heute ganz genau...