काठमाडौँ । न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ।दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ।
भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो। समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो।
च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्यूजिल्याण्ड फाइनलमा ३ सय ६३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १२ रन बनायो।
टोलीका डेभिड मिलरले शतकीय पारी खेले। उनले ६७ बलमा १० चौका र ४ छक्कासहित नटआउट १ सय रन बनाए।
रस्सिभानडर दुसेन र कप्तान तेम्बा बाबुमाले अर्धशतक बनाए। दुसेनले ६९ र कप्तान तेम्बाले ५६ जोडे। एडन मार्कमले ३१, रायन रिकेलटनले १७ रन बनाए।
न्युजिल्याण्डका लागि कप्तान मिचेल सान्टनरले ३, म्याट हेनरीले २, रचिन रविन्द्र र माइकल ब्रासवेलले समान १ विकेट लिए।
त्यसअघि पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा टस जितेर ब्याटिङ रोजेको न्युजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ६२ रन बनायो। उसका लागि रचिन र केन विलियम्सनले शतक बनाए।
विल योङ्ग २१ रनमस आउट हुँदा पहिलो विकेटको रुपमा आउट भए। यतिखेर न्युजिल्यान्डले ४८ रन मात्र बनायो। यसपछि रचिन र विलियम्सनले दोस्रो विकेटको लागि १ सय ६४ रनको सानदार साझेदारी गरे। यो सँगै न्युजिल्यान्ड ठुलो स्कोर तर्फ अगाडि बढ्यो।
दुवैले शतकीय पारी खेले। रचिनले १ सय १ बलबाट १३ चौका र १ छक्का सहित १ सय ८ रनको उत्कृष्ट पारी खेले। विलियम्सनले ९४ बल खेल्दै १० चौका र २ छकमका सहित १ सय २ रन बनाए।
डारियल मिचेलले अर्धशतकबाट १ रनले चुके। उनी ४९ रनमा आउट भए। यसपछि ग्लेन फिलिप्सले २७ बलबाट ६ चेका र १ छक्का सहित अविजित ४९ रन बनाए।
काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्चले दिएको पुनरावलोकनको अनुमतिले बिशेष महाधिवेशनको ‘वैधानिक तथ्य र राजनैतिक सत्यलाई थप फराकिलो...
काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका...
काठमाडौं : गृहमन्त्री सुधन गुरुङले निर्मला हत्या प्रकरणमा प्रश्न गर्ने सांसदलाई प्रतिप्रश्न गरेका छन् । बिहीबारको राष्ट्रियसभा बैठकमा गृह मन्त्रालयअन्तर्गत...