काठमाडौं । युगान्डामा सुरु भएको चार देशीय महिला टी–२० आई सिरिजअन्तर्गत आफ्नो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएकोे छ।
युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा आज भएको खेलमा नामिबियाले नेपाललाई ६ विकेट हराएको हो।
नेपालले दिएको ९३ रनको लक्ष्य पछ्याइरहने क्रममा वर्षाले केही समय अवरोध भएपछि खेललाई ‘डिएलएस’ विधिबाट १५ ओभरमा झारिएको थियोे।
खेललाई १५ ओभरमा झारिएपछि लक्ष्य ७१ रनको बनेको थियो। नामिबियाले १४ दशमलव पाँच ओभरमा चार विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गरेको हो।
नामिबियाका लागि मेकेलान्ये म्वाटिलेले सर्वाधिक २६ रन बनाइन्। उनले ३५ बलमा तीन चौकाको मद्दतले २६ रन बनाएकी हुन् । यस्तै, जुरिएन डियर्गाड्र्टले ‘नकआउट’ १३ रन बनाइन् । उनले सात बलमा एक चौकासमेत प्रहार गरिन्। नामिबियाका लागि एडेल भान जिलले आठ, सुन विटम्यानले सात, यास्मिन खानले छ र विल्का म्वाटिलेले नकआउट पाँच रनको योगदान दिइन् । नामिबियाले अतिरिक्त छ रन प्राप्त गर्यो ।
नेपालका लागि कप्तान इन्दु बर्मा, कविता जोशी, पूजा महतो र ईश्वरी विष्टले समान एक-एक विकेट हात पारे।
त्यसअघि ‘टस’ जितेर पहिला ‘ब्याटिङ’ गरेको नेपाली महिला टोलीले निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै ९२ रन बनाएको थियो ।
नेपालका लागि सम्झना खड्काले ११ बलमा चार चौकाको मद्दतले सर्वाधिक १८ रन बनाएकी हुन् यो खेलमा नेपालले अतिरिक्त १५ रन प्राप्त गरेको थियो ।
नामिबियाका लागि मेकेलाये म्वाति र विल्का म्वातिले समान तीन÷तीन विकेट हात पारेका थिए । यस्तै, केलिन ग्रिनले दुई र जुरिन डिएरगार्डले एक विकेट लिएकी थिइन् ।
नेपालले आफ्नो दोस्रो खेल आइतबार युगान्डासँग खेल्नेछ। त्यस्तै, फागुन २६ गते हङकङसँग, फागुन २८ गते नामिबियासँग, फागुन २९ गते युगान्डासँग र आगामी चैत १ गते हङकङसँग खेल्नेछ ।
काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भएको छ। यस हारसँगै...
काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार खेल दिउँसो २:४५ बजे सुरु...
काठमाडौं : आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत सोमबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । नेदरल्यान्ड्सको...