
नयाँ विकल्प,
काठमाडौं – पाकिस्तान अष्ट्रेलियामा जारी टी-२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै पाकिस्तानले फाइनलमा स्थान बनाएको हो ।
सिड्नीमा भएको सेमिफाइनलमा न्युजिल्याण्डले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले ५ बल बाँकी छँदै ३ विकेट गुमाएर पूरा गरेको हो । ओपनरद्वय मोहम्मद रिजवान र बाबर अजामले अर्धशतक प्रहार गरे । यो जोडीले पहिलो विकेटका लागि १०५ रनको साझेदारी गर्दै जितको आधार तया पारेका थिए ।
रिजवानले ४३ बल खेल्दै ५ चौका मद्दतमा सर्वाधिक ५७ रन बनाए । कप्तान बाबरले ४२ बलमा ५३ रन बनाउने क्रममा ७ चौका प्रहार गरे । मोहम्मद ह्यारिसले २६ बल खेल्दै २ चौका र १ छक्का मदतमा ३० रन बनाए ।
न्युजिल्याण्डका ट्रेन्ट बोल्टले २ विकेट लिए । मिचेल सान्टनरले १ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ४ विकेट गुमाएर १५२ रन बनाएको थियो । न्युजिल्याण्डका लागि डारेल मिचेलले अविजित हरँदै सर्वाधिक ५३ रन बनाए ।
उनले ३५ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । यस्तै कप्तान केन विलियम्सनले ४२ बल खेल्दै ४६ रन बनाए । विलियम्सन र मिचलले चौथो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए ।
डेभोन कनवेले २१ रन जोड्दा फिन एलन ४ र ग्लेन फिलिप्स ६ रनमा आउट भए । जेम्स निसम १६ रनमा अविजित रहे ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...