अभिलाषा भइन् ‘दोस्रो सुपर मोडल’ – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

अभिलाषा भइन् ‘दोस्रो सुपर मोडल’

काठमाडौं । ‘दोस्रो द सुपर मोडल नेपाल–२०१२८’को उपाधि अभिलाषा शर्माले जितेकी छन् । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा ४४ जनालाई उछिन्दै अभिलाषाले शीर्ष उपाधिसहित २५ हजार र विभिन्न उपहार जितिन् ।

प्यासिकफिक इभेन्ट मेनेजमेन्टद्वारा आयोजित प्रतियोगिताको यस दोस्रो संस्करण हो । यस संस्करणमा फस्ट रनरअप देश्ना केसी भए भने सेकेण्ड रनरअपको उपाधि साइरा घिमिरेले जिेकी छन् ।

उनीहरुले पनि उपाधिसहित विभिन्न गिफ्टह्याम्पर प्राप्त गरे । प्रतियोगीहरु आईआईएफटीले बागबजारले तयार गरेको आर्कषक पहिरनमा प्रस्तुत भएका थिए ।रोजिन शाक्यको कोरियोग्राफी रहेको यस ‘द सुपर मोडल नेपाल’मा विभिन्न सवटाइटल पनि प्रदान गरिएको थियो । जसमा सुजातन खत्री मिस पर्सनालिटी, जिना तामाङ मिस बेस्ट वाक, सुस्मिता शाक्य मिस डिसिप्लिन, प्रनिशा पोखरेल बेस्ट फिगर र संस्कृति पौडेल फेण्डशीप भए ।

त्यस्तै, प्रतियोगितामा रश्ना मर्हजन मिस स्माइल, लोप्साङ लामा, बेस्ट स्किन, सुप्रिया थापा बेस्ट स्टाइलिस्ट, प्रमिला सिलवाल बेस्ट डे«स र निलिशा शाहीले मिस कन्फिडेन्ट उपाधि पाए । सुदर्शन सुबेदीको संयोजत्वमा सो प्रतियोगितामा फोटोग्राफर राजभाई सुवाल, होम दवाडी, डा. बिजेशराज घिमिरे, उज्वलकृष्ण श्रेष्ठ, ¥यापर निर्णय श्रेष्ठ, अधिवक्ता लक्ष्मण महर्जन, भरत आचार्य र मिलन शाक्य निर्णायक थिए । आयोजक संस्थाका अध्यक्ष फपु तेन्जिङ शेर्पाले व्यबसायिक मोडलहरुको प्रोत्साहनको लागि प्रतियोगिता गरिएको बताए ।

सम्बन्धित समाचार

सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
  • २०७४ माघ ८, ०८: ५६

काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०७४ माघ ८, ०८: ५६

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...

६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
  • २०७४ माघ ८, ०८: ५६

नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...