काठमाडौं । एक वर्षसम्म अदालतमा मुद्वा लडेको चलचित्र ‘गाँजा बाजा’ अदालतबाट मुद्वा जितेर दर्शकमाझ आउँदैछ । अब यो चलचित्र आगामी २५ फागुनबाट देशव्यापी प्रदर्शनीमा आउने भएको छ । यो चलचित्रको नाम ‘गाँजा बाजा’ राखिएको भनेर चलचित्र विकाश बोर्डका पूर्व अध्यक्ष राजकुमार राईले निर्माण गर्ने अनुमती रोकेका थिए । चलचित्रको छायाँकन सकेर प्रदर्शनीको तयारीमा पुग्दा पनि त्यत्तिबेला अध्यक्ष राईले यो फिल्मको नाम पास गरेनन् ।
यो बिषयमा गाँजा बाजाको निर्माता दिपेन्द्र रेग्मीले भने,‘पूर्व अध्यक्ष राजकुमार राईले यो फिल्मका निर्देशक गणेशदेव पाण्डेको बोल्ने तरिका ठिक भएन भनेर सुरुमा फिल्म निर्माण अनुमति दिन्न भन्नु भएकोमा पछि यस्तो नाममा फिल्म बनाउन पाउँदैनौ भनेर रोक्नु भयो । हामीले सम्मानित अदालतबाट यो फिल्म निर्माण गर्ने अनुमति पाएपछि चलचित्र तयार गरेर दर्शकमाझ ल्याउन लागेका हौं ।’ सिनेमाले दर्शकलाई सन्देशसँगै पूर्ण मनोरञ्जन दिने पनि उनले बताए ।
यसकी अर्की निर्माता गोमा बिष्ट थापाले चलचित्रको शिर्षक भन्दा पनि निर्देशकसँगको व्यक्तिगत कारणले डेढ वर्ष अघि आफ्नो चलचित्रलाई निर्माण गर्न त्यतिबेलाका अध्यक्ष राजकुमार राईले नदिएको बताईन् । ‘फिल्मलाई प्रदर्शन गर्ने अनुमति दिने की नदिने भन्ने अधिकार सेन्सर बोर्डमा हुँदा हुँदै उहाँले त्यत्तिबेला व्यक्तिगत रुपमै चलचित्रको निर्माण रोक्नु भयो । हामीले सम्मानित अदातलबाट यो नाममा फिल्म बनाउन पाउने भनेर न्याय पाएपछि गाँजा बाजा निर्माण गरेका हौं ।’
नेपाली समाजमा पनि दूव्यसनीले हजारौं युवा युवतीको ज्यान गएको र लाखौं युवा युवती गाँजा चरेको दुव्यसनीमा फसेकाले त्यसलाई रोक्न आफुले फिल्म गाँजा बाजा बनाएको पनि निर्माता गोमाले बताईन् । ‘आफ्ना छोराछोरी दुव्र्यसनीमा फसेको अभिभावकलाई थाह्रै हुँदैन । उनीहरु पूर्ण रुपमा यसको नशाको लतमा परेपछि अभिभावकलाई थाहा हुन्छ र त्यत्तिबेला ढिलाई भईसकेको हुन्छ ।’ यो सिनेमाले आफ्ना सन्तान दुव्र्यसनीमा फसेका छन की छैनन् तथा उनीहरुलाई फस्न नदिन के गर्ने भन्ने सन्देश अभिभावकलाई दिने पनि गोमाको कथन छ ।
सिनेमाले युवा पुस्तालाई लागू औषध तथा दुव्र्यसनीबाट बच्नलाई मद्धत गर्ने पनि उनले बताईन् । २५ फागुनबाट देशव्यापी प्रदर्शनीमा आउने भएपछि निर्माण टोली यसको प्रचार प्रसारमा जुटेको छ । शुक्रबारबाटै आफुहरु मोफसल यात्रामा जाने पनि निर्माता दीपेन्द्र रेग्मीले जानकारी गराए । यसै बीच निर्माण टोलीले यो चलचित्रको रिगीपिटी…गीतको भिडियो सामाजिक सञ्जाल युट्युवबाट सार्वजनिक गरेको छ । निख एण्ड जटाको संगीत, निर्मल गर्तौलाको शब्द र जटावेडा बनेर्जीको स्वर रहेको गीतमा गाजा बाजाका अभिनेताद्धय अनुपम शर्मा र शुशील सिटौलाले अभिनय गरेका छन् । उनीहरुलाई यो गीतमा निकै सँघर्ष गरेको देखाईएको छ ।
यो चलचित्रलाई गणेशदेव पाण्डले लेखेका हुन् । चलचित्रका निर्देशक पाण्डेले अहिलेका तन्नेरी पुस्ताले यो सिनेमा हेर्ने पर्ने बताउँछन् । आफु सही हुँदा हुँदै पनि आफ्ना पुस्ताहरु कसरी गलत बाटोमा गईरहेको छन भन्ने ज्ञान पनि यो फिल्मबाट अहिलेका तन्नेरी पुस्तालाई हुने निर्देशक पाण्डेको भनाई छ । यो चलचित्रमा अनुपम र शुशिलसँगै रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, वर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको पनि अभिनय छ ।
काठमाडौं । बलिउड फिल्म ‘रामायण’ले प्रदर्शनको आठ दिनमै विश्वभरबाट एक हजार करोड भारतीय रुपैयाँभन्दा बढी कमाइ गरेको छ । नितेश...
काठमाडौं । तीन दिनदेखि काठमाडौंमा जारी ‘काठमाडौं हरर फिल्म फेस्ट’को दोस्रो संस्करण सम्पन्न भएको छ । नेपालसहित विभिन्न देशका हरर...
काठमाडौं । भारतीय अभिनेत्री शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वहरूको सहभागितामा काठमाडौं फिल्म फेस्टिभल आयोजना हुने भएको छ ।...