‘द-ब्याङ रिलोडेड टूर’ठमेलको एलओडी क्लबबाट सुरु, १० नेपाली कलाकारले प्रि-कन्सर्ट गर्ने – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

‘द-ब्याङ रिलोडेड टूर’ठमेलको एलओडी क्लबबाट सुरु, १० नेपाली कलाकारले प्रि-कन्सर्ट गर्ने

नयाँ विकल्प,

काठमाडौं – दस जना नेपाली कलाकारले सलमान खानको नेपाल कन्सर्टमा प्रि-कन्सर्ट गर्ने भएका छन् । ‘द-ब्याङ रिलोडेड टूर’को सुरुआत ठमेलको एलओडी क्लबबाट सुरु हुने भएको हो ।
नेपाली कलाकारहरु सुशान्त केसी, स्वप्न सुमन, त्रिशाला गुरुङ, रोहित शाक्य, शिव परियार, सुबानी मोक्तान, सञ्जु मोक्तान, टुन्ना बेल्ला थापा, प्रवेशकुमार श्रेष्ठ र समीर श्रेष्ठले प्रस्तुति दिने भएका हुन् ।
उनीहरुले बुधबार बेलुका एलओडीमा प्रस्तुति दिने सलमान कन्सर्टको नेपाल आयोजक ओडीसी इन्टरटेनमेन्टले जनाएको छ।
एलओडीमा हुने कन्सर्टको टिकट मूल्य पाँच हजार रुपैयाँ राखिएको छ । सो टिकट खरिद गरेपछि जेठ १४ गते दशरथ रंगशालामा हुने कन्सर्टमा पनि भाग लिन पाइने भएको छ ।

सम्बन्धित समाचार

‘रामायण’को विश्वव्यापी कमाइ आठ दिनमै एक हजार करोड पार
‘रामायण’को विश्वव्यापी कमाइ आठ दिनमै एक हजार करोड पार
  • २०७९ जेष्ठ २, १३: २९

काठमाडौं । बलिउड फिल्म ‘रामायण’ले प्रदर्शनको आठ दिनमै विश्वभरबाट एक हजार करोड भारतीय रुपैयाँभन्दा बढी कमाइ गरेको छ । नितेश...

‘काठमाडौं हरर फिल्म फेस्ट’को दोस्रो संस्करण सम्पन्न, ‘केएनएआर’ उत्कृष्ट छोटो फिल्म
‘काठमाडौं हरर फिल्म फेस्ट’को दोस्रो संस्करण सम्पन्न, ‘केएनएआर’ उत्कृष्ट छोटो फिल्म
  • २०७९ जेष्ठ २, १३: २९

काठमाडौं । तीन दिनदेखि काठमाडौंमा जारी ‘काठमाडौं हरर फिल्म फेस्ट’को दोस्रो संस्करण सम्पन्न भएको छ । नेपालसहित विभिन्न देशका हरर...

शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने काठमाडौं फिल्म फेस्टिभल कात्तिक १३ देखि
शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने काठमाडौं फिल्म फेस्टिभल कात्तिक १३ देखि
  • २०७९ जेष्ठ २, १३: २९

काठमाडौं । भारतीय अभिनेत्री शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वहरूको सहभागितामा काठमाडौं फिल्म फेस्टिभल आयोजना हुने भएको छ ।...