
नयाँ विकल्प,
काठमाडौं – नेपाली सुपरमोडल अञ्जली लामाले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजसहित हलिउड कलाकारसँग फिल्म ‘टेल इट लाइक अ वुमन’मा अभिनय गरेकी छन् ।
इटाली र अमेरिकी कम्पनीको संयुक्त निर्माणमा बनिरहेको फिल्मको छायांकन सुरु भएको छ । सुटिङ सेटबाट प्राप्त तस्बिरमा ज्याकलिन र अञ्जलीलाई देख्न सकिन्छ । आइएमडीबीले पनि प्रमुख कास्टमा लामाको नाम उल्लेख गरेको छ ।
तस्वीरमा निर्देशक सिल्भिया कार्बियो, अञ्जली र ज्याकलिनलाई देख्न सकिन्छ ।
यो फिल्ममा हलिउड फिल्म ‘सुसाइड स्क्वाड’ अभिनेत्री क्यारा डेलभाइन, मार्सिया गे हार्डेनसहित एकदर्जन विश्वचर्चित कलाकार समावेश छन् ।
काठमाडौं । बलिउड फिल्म ‘रामायण’ले प्रदर्शनको आठ दिनमै विश्वभरबाट एक हजार करोड भारतीय रुपैयाँभन्दा बढी कमाइ गरेको छ । नितेश...
काठमाडौं । तीन दिनदेखि काठमाडौंमा जारी ‘काठमाडौं हरर फिल्म फेस्ट’को दोस्रो संस्करण सम्पन्न भएको छ । नेपालसहित विभिन्न देशका हरर...
काठमाडौं । भारतीय अभिनेत्री शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वहरूको सहभागितामा काठमाडौं फिल्म फेस्टिभल आयोजना हुने भएको छ ।...