काठमाडौं । विश्वकै कान्छा निर्देशकको रुपमा अघिल्लो चलचित्र लभ यु बाबाबाट गिनिज अफ वल्र्डमा नाम लेखाउन सफल नेपाली बाल निर्देशक सौगात बिस्टले दर्शकमाझ फेरी अर्को फिल्म ल्याउने भएका छन् । उनले नयाँ फिल्म ‘हैरान’ को निर्देशन गरेका छन् । यो चलचित्रको छायाँकन कार्य सम्पन्न भएको उनले बताएका छन् । गायक तथा अभिनेता सत्यराज आचार्यले अन्तिम डबिङ गरेपछी चलचित्रको डबिङ कार्य सकिएको उनले बताएका छन् ।
आफ्नो चलचित्र हास्यप्रधान रहेको र यसले दर्शकलाई पूण मनोरञ्जन दिने यी निर्देशकको भनाई छ । यी निर्देशकले अघिल्लो फिल्ममा बाबु छोरी बीचको प्रेमलाई देखाइएको थियो भने यसपटक सामाजिक विषयवस्तुलाई समेट्दै छन् । यो फिल्मका निर्माता अभिनेता गजित बिष्टले भने,‘फिल्म राम्रो बनाउन कुनै कसर बाकि राखिएको छैन । यसैले गर्दा पनि समय लागि रहेको छ ।’ एक साधारण व्यक्ति दिन चर्या बिताउने क्रममा भोग्ने हैरानीलाई नै यसमा उतार्ने प्रयास गरेका उनले बताए । यो चलचित्र आगामी चैत्र वा बैशाखमा रिलिज गर्ने पनि उनले बताए ।
यो चलचित्रमा गजित विष्ट, मोहम्मद वसिम राजा, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा, सत्यराज आचार्य सहितको अभिनय छ । डान्स फेभरको ब्यानरमा निर्मित यो चलचित्रमा मुक्ति घले, सृष्टि घिमिरे, डा. वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्रा हुन् । यो चलचित्रमा कथा एवं नृत्य निर्देशक गम्भीर बिस्ट, द्वन्द निर्देशन चन्द्र पन्त, संगीतकारमा सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कडेल, राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन् । चलचित्र हैरानलाई नवराज उप्रेती र निरज कडेलको खिचेका हुन् ।
काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...
काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...
नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...