मिस टिन कन्टेस्टको उपाधि सञ्जिताले चुमिन् – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

मिस टिन कन्टेस्टको उपाधि सञ्जिताले चुमिन्

काठमाडौं । आफ्ना १६ प्रतिस्पर्धीलाई पछि पार्दै ‘मिस टिन कन्टेस्ट नेपाल–२०१८, सिजन–२’को उपाधि सञ्जिता पाठकले चुमेकी छिन् । बुधबार बेलुका राजधानीमा जमल स्थित नाचघरमा आयोजित सो प्रतियोगितामा सञ्जिताले ताज सहित विभिन्न उपहार, म्युजिक भिडियोमा मोडलिङ गर्ने अबसर र करिब ७५ हजारको विभिन्न सिप प्रशिक्षण अबसर जितिन् । यस्तै ¥याम्प जोन इन्टरप्राईजेजद्धारा आयोजित सो प्रतियोगितामा अनिषा लामाले फस्ट रनरअप, साधना खड्काले सेकेन्ड रनरअप र स्वस्तिका रेग्मीले थर्ड रनरअपको उपाधि सहित क्राउन र विभिन्न उपहारहरु प्राप्त गरे ।
किशोरीहरुको व्यक्तित्व विकाशका लागि दुई वर्ष यताबाट यो प्रतियोगिता गर्दै आएको आयोजक रमी श्रेष्ठले बताईन् । कार्यक्रमको कोरियोग्राफी आश्विनी झाले गरेका थिए । सो प्रतियोगितामा अन्य उपाधि तर्फको प्रतिस्पर्धामा मस्ट व्युटिफुल समीक्षा तामाङ, बेस्ट स्किन स्वस्तिका रेग्मी, मस्ट चार्मिङ रिना लामा, बेस्ूट क्याटवाक पुजा आचार्य, भिवर्स च्वाई सुभेच्छा राई, मस्ट ट्यालेन्ट प्रविणा शाही घोषित भए ।
मिस पोजिटिभ एटिच्युट निरुता चौधरी, बेस्ट फिटनेश अलिसा स्याङतान, मस्ट फ्रेन्डली सञ्जिना उप्रेती, मिस कन्जियानिलिटी शुभेच्छा राई, बेस्ट स्माईल आस्मा अर्याल, बेस्ट पर्सनालिटी वर्षा कोईराला, मस्ट एक्टिभ सञ्जना उप्रेती घोषित भए । यस्तै मोस्ट पपुलरको उपाधि दीपिका खड्काले पाईन् । कार्यक्रमको निर्णायकमा अभिनेता गजित बिष्ट, नविन लम्साल, अभिनेत्री एवँ निर्माता रोशनी केसी, मिसेस नेपाल ग्रान्ड बन्दना बिष्ट, संस्कृतिविद मोदनाथ खनाल र पत्रकार डब्बु क्षत्री थिए ।

सम्बन्धित समाचार

सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
  • २०७४ पुष २४, ०९: ३३

काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०७४ पुष २४, ०९: ३३

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...

६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
  • २०७४ पुष २४, ०९: ३३

नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...