कैलालीमा साढे तीन वर्षीय बालकको हत्यामा संलग्न दुई किशोरी पक्राउ – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

कैलालीमा साढे तीन वर्षीय बालकको हत्यामा संलग्न दुई किशोरी पक्राउ

नयाँ विकल्प,


कैलाली – कैलालीको टीकापुर नगरपालिका १, ब्लक नम्बर ८ का साढे तीन वर्षीय बालकको हत्यामा दिदी नाता पर्ने १५ वर्षीया किशोरीको संलग्ना रहेको प्रहरीले जनाएको छ। १४ वर्षकी साथीसहित हत्यामा संलग्न भएको ती किशोरीले स्वीकार गरेको प्रहरीको भनाइ छ।

असार २१ गते बिहान ११ बजे कैलालीको टीकापुर नगरपालिका १ ब्लक नम्बर ८ स्थित मनुवा रोड बस्ने दिलिप विष्टका साढे तीन वर्षका छोरा विवेक दिदी नाता पर्ने १५ वर्षीया किशोरीसंग जामुन खान गए।

युवती मात्रै घर फर्किएपछि विवकेका बुवाले खोज तलासका लागि इलाका प्रहरी कार्यालय टीकापुरमा निवेदन दिए। घर फर्केकी किशोरीले रुखमा जामुन नभएको र भाइलाई घरतर्फ पठाएको तर जिद्धी गरेर आफन्तको घरमा जान्छु भनेको परिवारलाई जानकारी गराएकी थिइन्।

ति किशोरीले आफू भने साथीको घरमा गएको बताएकी थिइन्। बालक बेपत्ता भएपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खोज तलासका लागि कुकुरको प्रयोग भएको थियो भने बिशेषज्ञ टोली पनि परिचालन गरिएको थियो।

अनुसन्धानकै क्रममा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी पुरुषोत्तम कँडेल पनि घटनास्थल पुगेका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी पनि सोमबार राति नै टीकापुर पुगको थिए।

अधिकारीको गृहनगर पनि टीकापुर हो। प्रहरी अनुसन्धानकै क्रममा बालक जमरा कुलोमा परेको सम्भावना बलियो देखिएपछि चिसापानीस्थित जमरा कुलोको आउने पानीको ढोका बन्द गरियो।

२३ असार साँझ साढे ५ बजे बालक हराएको ठाउँबाट झण्डै ५ किलोमिटर टाँढा टीकापुर नगरपालिका ४ घोयली वनमा जमरा कुलोको किनारतर्फ विवकेको शव फेला प¥यो।

जिल्ला प्रहरी कार्यालय कैलालीकाका अनुसार अनुसन्धानका क्रममा बालककी दिदीले प्रारम्भमा दिएको जानकारी विभिन्न तथ्यले गलत देखिएपछि शंका ति युवतीमाथि भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार अनुसन्धानको क्रममा पारिवारिक रिसिबीका कारण ति किशोरीले हत्याको योजना बनाएको समेत खुलेको छ।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०७८ असार २४, २१: ४३

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ असार २४, २१: ४३

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ असार २४, २१: ४३

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...