
नयाँ विकल्प,
काठमाडौं – नेपाल प्रहरीका चार जना एआईजीहरु सरुवा भएका छन् । मन्त्रिपरिषद्ले प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा गरेको हो ।
बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले चार जना एआईजीहरुको सरुवा, एकजनाको बढुवा र पदस्थापन गरेको हो । काठमाडौं उपत्यकाको कमाण्ड गर्ने महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालको ७ महिनामै सरुवा भएको छ ।
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीबाट उनलाई प्रहरी प्रधान कार्यालयको कार्य विभागमा सरुवा गरिएको छ । यस्तै महानगरीय प्रहरी कार्यालयमा प्रधुम्न कार्कीलाई ल्याइएको छ । एआईजी पाल ०७७ मंसिर २५ मा उपत्यकाको प्रहरी प्रमुख बनेका थिए ।
भर्खरै बढुवा भएका एआईजी सह कुलबहादुर थापालाई मानव श्रोत तथा प्रशासन विभागमा पदस्थापन गरिएको छ । निरजबहादुर शाहीलाई अपराध अनुसन्धान विभाग र विश्वराज पोखरेललाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
मुलुक लोकतन्त्र र संविधानको संरक्षण र सम्बर्धन गर्नुपर्ने गम्भीर मोडमा उभिएको अवस्थामा नेपाली कांग्रेस भित्र झांगिदै गएको गुटगत तिक्तता, विशेष...
काठमाडौं : सुनसरीको कप्तानगञ्जमा भएको दुःखद् घटनालाई लिएर आमरण अनसनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको मागप्रति नेपाली कांग्रेस...