
नयाँ विकल्प,
काठमाडौं – युवा तथा खेलकुद मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल स्काउटको प्रमुख संरक्षक राष्ट्रपति विद्यादेवी भण्डारीलाई बनाउनुपर्ने बताएका छन् ।
मन्त्री श्रेष्ठले आइतबार काठमाडौं उपत्यका भित्रका स्थानीय स्काउट समितिको दिक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै नेपाल स्काउटको गरिमा र उचाइलाई बढाउन प्रमुख संरक्षक राष्ट्रपतिलाई बनाउनुपर्ने बताएका हुन् ।
अन्य देशमा पनि स्काउटको प्रमुख संरक्षक राष्ट्राध्यक्ष रहने गरेको उनले उल्लेख गरे ।मन्त्री श्रेष्ठले राष्ट्रपति भण्डारीकै निर्देशनअनुरुप आर्थिक वर्ष २०७८÷०७९ को बजेट वक्तव्यमार्फत १३ हजार विद्यालयमा स्काउट अनिवार्य गरिएको बताए ।
मन्त्री श्रेष्ठले विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि स्काउटबाट प्रशिक्षित गर्नुपर्ने आवश्यकता रहेको औँल्याए ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...