लहानमा थुनुवा फरार भएपछि तीन प्रहरी निलम्बनमा – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

लहानमा थुनुवा फरार भएपछि तीन प्रहरी निलम्बनमा

नयाँ विकल्प,


जनकपुरधाम – ईलाका प्रहरी कार्यालय लहान, सिरहाका तीन प्रहरी निलम्बनमा परेका छन् ।

हिरासत कक्षको झ्याल तोडेर थुनुवा फरार भएपछि थुनुवाको सुरक्षार्थ खटिएका एक असई, एक हवल्दार र एक प्रहरी जवान निलम्वनमा परेका हुन् ।

लापरबाही देखिएकाले तीनै जना प्रहरीलाई निलम्बन गरि थुनुवा फरार घटनाको अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

लागुऔषधसहित पक्राउ परेका नवराजपुर गाउँपालिका १ का पशुपति यादव शनिवार राति हिरासतको झ्याल तोडेर फरार भएका हुन् । प्रहरीले उनको खोजी गरिरहेका छन् ।

सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७८ असार २७, २२: १२

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ असार २७, २२: १२

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०७८ असार २७, २२: १२

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...