
नयाँ विकल्प,
रुपन्देही – बुटवल रुपन्देहीमा सार्वजनिक तथा निजी सवारी सञ्चालनमा जोर–बिजोर प्रणाली हटाइएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले निषेधाज्ञा थप खुकुलो पार्दै सार्वजनिक सवारी सञ्चालनमा यसअघि कायम रहेको जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
बैठकले निषेधाज्ञा भने जारी राख्ने निर्णय गरेको छ । व्यवसाय सञ्चालनका लागि यसअघि तोकेको निश्चित समयसीमा पनि हटाइएको छ ।
यसअघि रुपन्देहीमा अन्य व्यवसायहरु बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्ने गरी समयसीमा राखिएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी कमलराज पाण्डेले निषेधाज्ञालाई थप खुकुलो पार्दै कोरोना परीक्षणको दायरा बढाउने र स्वास्थ्यका मापदण्ड पालनामा कडाइ गर्ने निर्णय गरिएको जानकारी दिए ।
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
मुलुक लोकतन्त्र र संविधानको संरक्षण र सम्बर्धन गर्नुपर्ने गम्भीर मोडमा उभिएको अवस्थामा नेपाली कांग्रेस भित्र झांगिदै गएको गुटगत तिक्तता, विशेष...
काठमाडौं : सुनसरीको कप्तानगञ्जमा भएको दुःखद् घटनालाई लिएर आमरण अनसनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको मागप्रति नेपाली कांग्रेस...