पत्रकारसहित १५ जना पक्राउ – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

पत्रकारसहित १५ जना पक्राउ

भक्तपुर । चाँगुनारायण नगरपालिका ८ सुडाल पुरीगाँउस्थित मणिराम पुरीको घरमा जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् । शनिबार राति जुवाखालबाट पत्रकार सहित १५ जना पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जुवा खेलिरहेको सूचना पाएपछि खटिएको प्रहरी टोलीले उनीहरूलाई १२ लाख ४३ हजार ७ सय ८० रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने जुवातास खेलाउने घरधनी ५२ वर्षीय मणिराम पुरी , जुवा खोल्ने २५ वर्षीय सुशील खत्री, २८ वर्षीय चन्द्रशेखर खत्री, ३३ वर्षीय नवराज खत्री,

५१ राजन कार्की, ४२ वर्षीय चिरञ्जीवी फुँयाल, ३० वर्षीय जनक खत्री, ४३ जीवन श्रेष्ठ, ३७ वर्षीय परमेश्र थापा, ३८ वर्षीय प्रेमकुमार विक, ४५ वर्षीय सरोज भण्डारी, ३९ विनोद तिमिल्सिना, ३५ वर्षीय विकास लामा, ३८ वर्षीय रुपेश न्याजु र काठमाडौं गोकर्णेश्वर नगरपालिका २ नयाँपाटीका ५० वर्षीय रामु भण्डारी

रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । केही राजनीतिक दलसम्वद्ध युवा र केही पत्रकारसमेत हुन् । यसअघि चाँगुनारयणबाट केही युवानेतासहित प्रहरीले पक्राउ गरी नौ हजार धरौटीमा रिहा गरेको थियो । प्रहरीले नेताको नाम भने सार्वजनिक गरेन ।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ कार्तिक २१, १३: १६

काठमाडौं : देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७८ कार्तिक २१, १३: १६

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...

हाकिमलाई रिझाएर होइन, काम र नतिजाको आधारमा निष्पक्ष मूल्याङ्कन हुने प्रणाली बनाइनेछ: गृहमन्त्री सुधन गुरुङ
हाकिमलाई रिझाएर होइन, काम र नतिजाको आधारमा निष्पक्ष मूल्याङ्कन हुने प्रणाली बनाइनेछ: गृहमन्त्री सुधन गुरुङ
  • २०७८ कार्तिक २१, १३: १६

काठमाडौँ— गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक...